विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि विनियोजन गर्ने बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि झण्डै १ खर्ब १३ अर्ब रुपैयाँ छुट्टयाएको छ ।

चालू वर्ष १ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी वर्षका लागि करिब ९ अर्ब रुपैयाँ कम गरेर १ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ छुट्ट्याइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार ऊर्जातर्फ ८५ अर्ब ३ करोड ७५ लाख रुपैयाँ र जलस्रोत तथा सिँचाईतर्फ २७ अर्ब ९० करोड २९ लाख रुपैयाँ छुट्याइएको छ ।

विनियोजित बजेटमध्ये चालू खर्च (ऊर्जा) ३ अर्ब २३ करोड २० लाख र १ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ (जलस्रोत तथा सिँचाइ) विनियोजन गरिएको स्रोतले जनाकारी दिएको छ ।

यसैगरी, पुँजीगततर्फ (ऊर्जा) ११ अर्ब २१ करोड ८६ लाख र २६ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ (जलस्रोत तथा सिँचाइ) छुट्याइएको छ । ऊर्जाको वित्तीय व्यवस्थातर्फ ७० अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छुट्याइएको स्रोतले जानकारी दिएको छ ।

सरकारले जलविद्युत, प्रसारण लाइन, नविकरणीय ऊर्जा एवं सिँचाइलगायतका ऊर्जा क्षेत्रको विकासका लागि यति बजेट विनियोजन गरेको छ । सरकारले हरेक वर्ष जेठ १५ गते नयाँ आवको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

नयाँ वर्षको बजेटमा जलाशय आयोजना पश्चिम सेती र तल्लो अरुण, सेती–६ लाइ उच्च प्राथमिकतामा राखी अगाडी बढाउनेछ । साथै, आउने बजेटमा विद्युत वितरण तथा व्यापारमा निजी क्षेत्रलाई संलग्न गराइनेछ ।

चालू आर्थिक वर्षको १० महिनामा ६३८ मेगावाट विद्युत प्रणालीमा थपिएको र आगामी वर्ष ७१५ मेगावाट थपिने प्रक्षेपण गरिएको छ । अहिलेसम्म केन्द्रीय प्रणालीमा करिब २२०० मेगावाटबराबर जडित क्षमता पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit