विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ग्राहकले आफ्नो घरको मिटर आफैंले रिडिङ गरी खपत युनिटको विवरण दिएर विद्युत महसुल भुक्तानी गर्न सक्ने भएका छन् । अहिले निशेधाज्ञाका कारण प्राधिकरण कर्मचारीहरू मिटर रिडिङ गर्न घर–घर पुग्न सक्ने अवस्था नरहेकाले ग्राहक आफैंले मिटर रिडिङ गरी खपत युनिटको विवरण सम्बन्धित वितरण केन्द्रमा पठाएपछि प्राप्त हुने बिल अनुसारको महसुल भुक्तानी गर्न सक्ने भएका हुन् ।

ग्राहकले आफ्नो मिटरमा उठेको खपत युनिट सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी टिपाएर जानकारी दिन सक्ने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘अहिले कोरोना संक्रमणको जोखिम उच्च भएकाले कर्मचारीलाई मिटर रिडिङ गर्न पठाउन सकेका छैनौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यो अवस्थामा ग्राहकले आफुलाई सहज हुने तरिकाले मिटरमा उठेको खपत युनिटको विवरण दिएर प्राधिकरणबाट प्राप्त गर्ने बिलअनुसारकाे महसुल अनलाइनमार्फत भुक्तानी गर्न सक्नुहुन्छ’

उनले आवश्यकताअनुसार ग्राहकले पठाएको विवरणका आधारमा, ग्राहकलाई सम्पर्क गरेर तथा अघिल्लो वर्षको खपत युनिटअनुसारको बिल दिई महसुल संकलन गर्ने काम प्राधिकरणले गरिरहेको बताए । प्राधिकरणले गत वर्षदेखि नै सुरुवात गरेको ‘सेल्फ मिटर रिडिङ’ सुविधा पनि चलिरहेको छ । ग्राहकले अनलाइनमार्फत वेवसाइट तथा एपको माध्यमबाट खपत युनिटको विवरण बुझाई महसुल भुक्तानी गर्दै आएको न्यौपानेले जानकारी दिए ।

प्राधिकरणले गत वर्षको लकडाउन तथा निशेधाज्ञाका बेला ग्राहकका लागि यो सुविधा ल्याएको थियो । केही ग्राहकले नियमितरूपमा यो सुविधा लिइरहेको भए पनि निशेधाज्ञापछि संख्या बढेको प्राधिकरणले जनाएको छ ।

अहिले मिटर रिडिङ गर्न कर्मचारी आउने समय कुर्नुभन्दा आधुनिक प्रविधिको उपयोग गरी छिटो, छरितो र प्रभावकारीरूपमा ग्राहक आफैंले रिडिङ गरी महसुल भुक्तानी गर्नु उपयुक्त हुने उनले बताए । खपत युनिट पठाएपछि प्राधिकरणबाट आउने बिल अनुसार ग्राहकले अनलाइनबाट महसुल भुक्तानी गर्न सक्नेछन् ।

कोरोना संक्रमणको दर उच्च भएपछि प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न जान नसकेकाले नियमितरूपमा विद्युतको महसुल उठ्न सकेको छैन । मिटर रिडिङ गरी ग्राहकलाई बिल दिन नसकेकाले महसुल उठ्न नसकेको हो । यही कारण प्राधिकरणले जुनसुकै माध्यमबाट मिटरमा उठेको खपत युनिटको विवरण दिई महसुल तिर्न ग्राहक वर्गमा अनुरोध गर्दै आएको छ ।

अधिकांश जिल्लामा महसुल संकलन काउन्टरले सेवा दिन सकेका छैनन् । यी जिल्लामा बैंक खुल्ने दिनमा काउन्टर खुले पनि महसुल खासै उठेको छैन । केही जिल्लामा सुरक्षा सावधानी अपनाई काउन्टर कोलिए पनि जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि फेरि बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit