विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रो पावरमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारीमा मागेको हो ।

तह ७ र ८ का ६ रिक्त पदपूर्ति गर्न आवेदन खुलाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तह ७ का लागि ४ र तह ८ का लागि २ कर्मचारीको पद रिक्त छ ।

तह ८ को सिनियर इन्जिनियर र सिनियर जियोटेक इन्जिनियरको पदपूर्ति गर्न आवेदन खुलाइएको छ । सिनियर इन्जिनियरका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा चार वर्षको कार्यानुभव हुनुपर्नेछ ।

यस्तै, सिनियर जियोटेक इन्जिनियरका लागि पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत तहको पदमा कम्तीमा ४ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

यस्तै, ७ तहका इन्फ्रास्ट्रक्चर सिभिल इन्जिनियर, वातावरण अधिकृत, इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल इन्जिनियरको पद पूर्ति गर्न आवेदन माग गरिएको छ । यी सबै पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा चार वर्षको कार्यानुभव हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले २०७९ जेठ २६ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदक दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र नेपाल इन्जिनियरीङ परिषदमा दर्ता  भएकाे प्रमाणपत्रकाे नाेटरी पब्लिकबाट प्रमाणीत प्रतिलिपीसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit