विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) को कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये १४ जना सर्टलिष्टमा परेका छन् । वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन १४ गते प्रकाशन गरेको सूचनाबमोजिम २१ आवेदकमध्ये १४ जना प्रारम्भिक छनोट (सर्टलिष्ट) मा परेका हुन् ।

खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा कार्यकारी निर्देशक नियुक्ति गर्नका लागि परेको आवेदनमध्ये पाँचजना उम्मेदवारहरूको न्युनतम शैक्षिक योग्यताको विषय  नमिलेको र २ जना उम्मेदवारको तोकिएबमोजिमको उमेर नपुगेकोले छनोट प्रक्रियामा समावेश नभएको केन्द्रले जनाएको छ । 

तोकिएको शैक्षिक योग्यता, अनुभव र व्यवसायिक कार्ययोजनासहितको मूल्यांकनका आधारमा १४ जना सर्टलिष्टमा परेका छन् । सर्टलिष्टमा पर्नेहरूमा डा. अजयकुमार झा, डा. किरण  गौतम, डा. देवकुमार शाह, नवराज ढकाल, नारायण प्रसाद अधिकारी, डा. प्रकाश थापा, डा. रणबहादुर थापा, डा.लक्ष्मण प्रसाद घिमिरे, डा.लक्ष्मण पौडेल, लेखनाथ बगाले, लोकराज पाठक, विकास अधिकारी, सजिव पोखरेल र सूर्यकुमार सापकोटा रहेका छन् ।

ऊर्जा मन्त्रालयले चैत १२, १३ र १४ गते व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण  र अन्तर्वार्ताका लागि बोलाएको छ । मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि नागरिकता, शैक्षिक प्रमाणपत्र तथा अनुभवको सक्कल प्रमाणपत्रसहित तोकिएको समयभन्दा आधा घन्टा अगाडिनै उपस्थित हुन आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस्

संस्थाभित्रका ६ जना, वेक्सको सिडिई सहित वैकल्पिक ऊर्जाको कार्यकारी निर्देशक बन्न २१ जना मैदानमा

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३