विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये सबैभन्दा बढी ऊर्जा क्षेत्रमा परिचालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा नेपालमा कुल २ खर्ब ६४ अर्ब ३३ करोड रूपैयाँ एफडिआई परिचालन भएको छ । यसमध्ये ५४ अर्ब २७ कराेड रुपैयाँ ऊर्जा क्षेत्रमा मात्रै परिचालन भएको छ ।

नेपाल भित्रिएको कुल एफडिआईमध्ये औद्योगिक क्षेत्रमा १ खर्ब ६५ अर्ब अर्थात ६२.६ प्रतिशत, सेवा क्षेत्रमा ३७.७ प्रतिशत परिचालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । 

औद्योगिक क्षेत्रको कुल एफडिआईमध्ये सबैभन्दा धेरै ३२.८ प्रतिशत लगानी जलविद्युत क्षेत्रमा भित्रिएको छ । अर्थात् यस क्षेत्रमा अध्ययन वर्षसम्ममा ५४ अर्ब २७ करोड रूपैयाँ वैदेशिक लगानी परिचालनमा रहेको छ ।

यस्तै उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी परिचालनमा रहेको छ। कुल वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा लगानी रहेको छ । 

सर्वेक्षणले यस्तो लगानी अघिल्लो वर्षको तुलनामा सर्वेक्षण गरिएको वर्ष १६ प्रतिशतले बढेको समेत देखाएको छ । त्यस्तै, कुल एफडिआईमा चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यमध्ये सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड रूपैयाँ, चीनबाट ३३ अर्ब ४५ करोड रूपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रूपैयाँ, सिंगापुरबाट १६ अर्ब ७ करोड रूपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। 

त्यस्तै, वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ७१.१  प्रतिशत र वैदेशिक लगानीबाट सञ्चालित कम्पनीहरुको नाफाको दर १४.३ प्रतिशत रहेको महत्वपूर्ण तथ्य पनि प्रतिवदेनले उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit