विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाको ब्याजदर नियामक निकाय तथा वित्तीय संस्थाको नियन्त्रणले मात्र निर्धारण नगर्ने बताएका छन् । इटहरी उद्योग वाणिज्य संघको २३ र २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले कर्जाको व्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा नहुने बताए । ‘कर्जाको ब्याजमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरूको प्रभाव रहन्छ,’ उनले भने, ‘केही समय पहिले २–३ प्रतिशतको निक्षेपको ब्याज अहिले १०–११ प्रतिशतसम्म पुगेको छ । त्यसैले, कर्जाको ब्याज स्वतः बढेको हो ।’

बैंकले दिनेभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी हुने हुँदा ब्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने पनि बताए । ‘म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो तर बैंकको सेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ । त्यसैले, अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ ।’

केही व्यवसायीहरूले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरी बढेको उनको भनाइ थियो । राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सिजना गर्न सक्ने उनको धारणा थियो ।

आफू केही समयपछि महासंघको अध्यक्ष हुने हुँदा निजी क्षेत्रका मुद्दाहरूलाई लिएर अगाडि बढ्ने तथा जिल्ला, नगर उद्योग व्यवसायी संघहरूसँग एकसाथ हुने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईंहरूले उठाउने हरेक मुद्दामा महासंघको समर्थन रहनेछ,’ उनले भने, ‘जिल्ला÷नगरका व्यवसायीहरूले सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय/अन्तर्राष्ट्रियरूपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit