images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा ग्रिन क्याल्सियम एमोनिया नाइट्रेट मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेसियन कम्पनीबीच समझदारी (एमओयू) भएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्दै आएको मलेसियन कम्पनी रेनिकोला होल्डिङ्स एसडिएन बिएचडी र बोर्डबीच बुधबार समझदारी भएको हो । समझदारी पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रेनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा उक्त मल कारखाना स्थापनाका लागि अध्ययन गरिने छ । कम्पनीले यस परियोजनाअन्तर्गत इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रिन एमोनिया र ग्रिन क्याल्सियम एमोनिया नाइट्रेट मल उत्पादन गर्नेबारे विस्तृत सम्भाव्यता अध्ययन गर्ने छ । 

करिब २६० मिलियन अमेरिकी डलर लागत अनुमान रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६०० मेट्रिक टन ग्रिन एमोनिया र २ लाख ८६ हजार ९७५ मेट्रिक टन ग्रिन क्याल्सियम एमोनिया नाइट्रेट मल उत्पादन गर्ने कम्पनीले प्रस्तावमा उल्लेख गरेको छ । 

रेनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन सकेर प्रतिवेदन बुझाउनु पर्ने समझदारी पत्रमा उल्लेख छ । 

रेनिकोलाले ऊर्जाको रूपमा विद्युत शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्ने सम्बन्धमा अध्ययन अनुमतिको माग गर्दै २४ पुस २०७९ मा प्रस्ताव पेश गरेको थियो । ३० चैत २०७९ मा बसेको बोर्डको ५३औँ बैठकले रेनिकोलालाई उक्त मल कारखानाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्न अनुमति दिने निर्णय गरेको थियो । 

बोर्ड बैठकको सोही निर्णयको आधारमा बुधबार बोर्ड कार्यालयमा उक्त कम्पनीसँग समदझदारी भएको हो । समझदारीको मस्यौदा भने बोर्डको ८ भदौ २०८० मा बसेको ५५औँ बैठकले स्वीकृत गरेको थियो ।  

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका सिइओ भट्टले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्नेउद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युतलगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । साथै विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई उनले आग्रह गरे । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit