विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सेवा हाइड्रो लिमिटेडले १४ किलोमिटर लामो प्रसारण लाइन ४ महिनाभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीले बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन तल्लाे सेलाङ जलविद्युत आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणकाे चौतारा सबस्टेसनसम्मको लाइन बैशाखभित्र सम्पन्न गर्ने भएको हो ।

अध्ययन पूरा भएको ३३ केभी सिंगल सर्किट लाइनको निर्माण अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार लाइन निर्माण अुनमति दिन ३५ दिने सूचना जारी गरिएको छ ।

लाइन निर्माण तथा सञ्चालन गर्दा केकस्तो असर पर्छ स्थानीयसँग राय/सुझाव मागिएको छ । स्थानीयले आगामी ३५ दिनभित्र आफ्नो राय/सुझाव पठाउनुपर्नेछ ।

लाइनमा १८५ वटा स्टीलको पोल रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक पोलदेखि अर्को पोलसम्मको अधिकतम दुरी ७५ मिटर र न्यूनतम ६० मिटर हुनेछ ।

जमिनको सतहबाट पोलको उचाई ११/१३ मिटर हुनेछ । आयोजना निर्माणका लागि जम्मा ८.८२६७ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा ०.३३८९ हेक्टर जमिन स्थायी पोल फाउन्डेसन र ०.०५१ हेक्टर स्टे वायरको लागि प्रयोग गरिनेछ भने बाँकी ८.४३६८ हेक्टर जमिन अस्थायी रुपमा विद्यूत मार्गको अधिकार क्षेत्रको लागि उपयोग गरिनेछ ।

कम्पनीले जिल्लाको जुगल गाउँपालिकामा १.४७५ मेगावाटको तल्लो सेलाङ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यही लाइनमार्फत यो आयोजनाको विद्युत प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit