विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌काे पहुँच बढाउन र निरन्तर विद्युत आपूर्तिमा सहयोग पुर्‍याउन देशैभरि सबस्टेसनको क्षमता विस्तार गरीरहेको छ । विद्युत प्राधिकरणले देशैभरि हालसम्म १२ वटा ट्रान्सफर्मरको १६० एमभिए बराबरको क्षमता विस्तार गरेको हो ।

प्राधिकरणले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रहेका सबस्टेसनमा नयाँ ट्रान्सफर्मर थप तथा स्तरोन्नतीको काम गरिरहेको प्राधिकरणको ३३/११ केभी सबस्टेशन सुदृढीकरण आयोजनाका प्रमुख सुरज भुजूले बताए । ‘हालसम्म कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा २४ एमभिए क्षमताका २ वटा, १६ एमभिए क्षमताका ४ वटा र ८ एमभिए क्षमताका ६ वटा वैकल्पिक ट्रान्सफर्मर राखिसकेको छ’ उनले ऊर्जा खबरसँग भने ।‘देशभरी नै सबै सबस्टेशनको क्षमता विस्तारका लागि ३ अर्ब लागत अनुमान गरिएको छ ।’ 

अहिले देशैभर सम्पूर्ण सबस्टेसनको क्षमता विस्तारका लागि ठेक्का प्रक्रिया पूरा गरिसकेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै, प्राधिकरणकै आयोजना अन्तर्गत नवलपरासीको कावासोतीमा पनि वैकल्पिक ट्रान्सफर्मर स्थानान्तरणको काम भइरहेको वितरण केन्द्र प्रमुख सूर्यनारायण मण्डलले जानकारी दिए । औद्योगिक क्षेत्रमा निरन्तर विद्युत् आपूर्तिमा सहज बनाउन २४ एमभिए क्षमताको वैकल्पिक ट्रान्सफर्मर राखिएको केन्द्र प्रमुख मण्डलले बताए ।

प्राधिकरणले विद्युतको पहुँच बढाउँदै गुणस्तरीय र निरन्तर विद्युत आपूर्तिका लागि उच्च क्षमताका वैकल्पिक ट्रान्सफर्मर स्तरोन्नतिको काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit