विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ जेठ १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  इलामस्थित ७.८ मेगावाटको सुपर माई जलविद्युत् केन्द्रको उत्पादन सुचारु भएको छ । स्थानीयले विभिन्न माग राख्दै सोमबार रातीदेखि आयोजनाको उत्पादन बन्द गराएका थिए । आयोजना पक्ष र स्थानीयबीच सामान्य वार्ता भएपछि मंगलबार दिउँसो साढे ४ बजेपछि बल्ल आयोजनाको विद्युत् उत्पादन पुनः सुचारु भएको हो । 

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माई खोलामा सञ्चालित उक्त जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा एक दिनमै ५ लाख बराबरको क्षति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेशकुमार बर्तौलाले जानकारी दिए । 

‘सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आएपछि हामीले सहयोग गर्‍यौँ,’ सिइओ बर्तौलाले भने, ‘तर त्यो माग पूरा भएपछि पनि अन्य ठूला मागहरु लिएर उहाँहरू आउनुभयो र कम्पनीको हाताभित्र प्रवेश गरेर अराजक गतिविधि गर्दै उत्पादन बन्द गर्न लगाउनुभयो ।’  

सामान्य छलफलपछि मंगलबारबाट बेलुकीपखदेखि नै आयोजनाको उत्पादन सुचारु भइसकेको छ ।

‘बिहीबार जिल्ला प्रशासन कार्यालय, स्थानीयबासी र आयोजना प्रवर्द्धक कम्पनीसँग विस्तृत वार्ता गरी समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्छौं,’ उनले ऊर्जा खबरसँग भने ।  

पछिल्लो समय पब्लिक लिमिटेड कम्पनी बनेपछि ५० हजारभन्दा बढी लगानीकर्ता रहेको कम्पनीले एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit