विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  (रासस) । गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरेकाे छ । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र आर्थिक क्षेत्रमा परेको प्रभाव आफैंमा महत्त्वपूर्ण छ ।

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजना ऊर्जा सुरक्षाका हिसाबले पनि उत्तिकै प्रभावकारी मानिएको छ । सोही आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोसी पाँचौँ पनि अब निर्माणमा जाने तयारीमा छ । माथिल्लो तामाकोसीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर ९९.९८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको सोमबार मात्रै सरकारले लगानी स्वीकृत गरेको छ । करिब ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकाे आयोजनाको निर्णय लगानी बोर्डमार्फत हुनुपर्ने कानुनी बन्दोबस्ती छ ।

सोही प्रबन्धका कारण तामाकोसी पाँचौँका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ । तर, यो लगानी भने स्वदेशी नै हो । सो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोसीको विद्युत्गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो ।

तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको र अर्काे आर्थिक वर्षबाट सिभिल निर्माण सुरु हुनेछ । परामर्शदाता छनेटको काम अन्तिम चरणमा पुगेको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ । आगामी असार मसान्तभित्रै सबै काम सकाउने योजनाका साथ काम भइरहेको उनले जानकारी दिए ।

निर्माण व्यवसायी छनाेटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषले तामाकोसी पाँचौँमा १२ अर्ब रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोसीमा एकलौटी लगानी गरेको कोषले तामाकोसी पाँचौँमा भने एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा गत साउनमा हस्ताक्षर भएको थियो ।

आयोजनाको कूल लगानी मध्ये ४ अर्ब रुपैयाँ भने प्राधिकरणले लगानी गर्नेछ । परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गर्न लागेको कोषले यसअघि नै स्पष्ट पारिसकेको छ । माथिल्लो तामाकोसीको विद्युत्गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरीदोभान पुर्याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज भएको प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ । माथिल्लो तामाकोसीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ ।

तामाकोसी पाँचौँमा २५ मेगावाट क्षमताका ४ युनिट रहनेछन् । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ हाराहारी मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोसीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ ।

प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन कुनै कन्जुस्याई नै गरेन । आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समेत समावेश गरिएकाे छ । आयोजनाले स्थानीय प्रभावित एवं आमसर्वसाधारणलाई साधारण शेयर बिक्री गर्नेछ ।

केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोसी अन्तर्गत नै राख्नुपर्ने माग पनि उठेको थियो तर प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit