विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शुभम पावर लिमिटेडले श्रम स्वीकृत लिई विदेशमा काम गर्न बसेका नेपाली श्रमिकलाई पुस ६ गते देखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले विदेशमा काम गर्ने नागरिकका लागि ५८ हजार ५८ कित्ता सेयर निष्कासन गर्न लागेकाे हाे ।

सय रूपैयाँमा अंकित ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरकाे ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत हुन आउने ५८ हजार ५८ कित्ता सेयर विदेशमा काम गर्ने नेपालीका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको जारी पुँजीको २० करोड मध्ये २० प्रतिशत अर्थात ४ करोड रकम बराबरको सय रुपैयाँ अंकति ४ लाख कित्ता सर्वसाधारणका लागि र प्रभावित स्थानीयमा अवितरित ५ करोड ८० लाख ५८ रकम बराबरको सय रुपैयाँ अंकित ५ लाख ८० हजार ५ सय ८०  कित्ता सेयर कुल गरि जम्मा ५ करोड ८० लाख ५८ हजार कित्ता सेयरमध्येको १० प्रतिशत सेयर निष्कासन गरिएको हो ।

आवेदन दिदा १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदकले छिटोमा पुस २० गतेसम्म आवेदन दिन पाउनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit