विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ सय केभी डबल सर्किट अरुण कोरिडोर प्रसारण लाइनको हाइटार–सितलपाटी खण्डको अध्ययन चालु आर्थिक वर्षको असारभित्र पूरा हुने भएको छ । संखुवासभाको हाइटार सबस्टेसनदेखि सितलपाटी सबस्टेसनसम्म पर्ने ३५ किलोमिटर लामो प्रसारण लाइनको अध्ययन अबको ५ महिनामा पूरा हुन लागेको हो ।

अरुण नदी बेसिनमा अध्ययन भइरहेका र निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माणका लागि अध्ययनको काम भइरहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रसारण लाइन अन्तर्गत संखुवासभाको मकालु गाउँपालिकामा ४००/१३२ केभी हाइटार र खाँदबारी नगरपालिकामा ४००/२२० केभी  सितलपाटी गरी २ वटा सबस्टेसन निर्माण हुनेछन् ।

परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनीले प्रसारण लाइनको विस्तृत सवेक्षण, चेक सवेक्षण, माटो परीक्षण, विद्युतीय प्रतिरोधात्मक परीक्षणलगायत स्थलगत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । परामर्शदाताले सितलपाटी सबस्टेसनको विस्तृत इन्जिनियरिङ डिजाइन अध्ययनको गरिरहेको छ । 

हाइटार सबस्टेसनको अन्तिम विस्तृत डिजाइन प्रतिवेदन तयार भइसकेको छ । यस सबस्टेसनका लागि आवश्यक १ सय ११ रोपनी १४ आना जग्गाको मुआब्जा निर्धारण गरिएकोमा ६५ रोपनी मुआब्जा वितरणको काम पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

प्रसारण लाइन र सबस्टेसन निर्माण पूरा गर्न करिब ९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम आर्थिक वर्ष २०८३/८४ भित्र पूरा गर्ने लक्ष्य छ । कम्पनीले २०७४ चैत्र १ गते विद्युत विकास विभागबाट प्रसारण लाइनको अध्ययन अनुमतिपत्र लिएको थियो । यो प्रसारण लाइन निर्माण हुँदा करिब २५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit