images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधिन खिम्ती–२ जलविद्युत् आयोजनाको ठाडो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको १६२ मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।

कम्पनीका अध्यक्ष कृष्ण आाचार्यले स्वीच थिचेर मंगलबार (फागुन १५ गते) साँझ सुरुङ छेड्ने काम पूरा गरेका हुन् । आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङ छेडेपछि आचार्यले आयोजनामा खटिएका प्राविधिक, मजदुर सबैलाई धन्यवाद दिंदै कामको प्रशंसा गरे ।

आयोजनाको माथिल्लो ठाडो सुरुङ १६२ मिटरको रहेको छ । आयोजनाको २ वटा ठाडो सुरुङ रहेकोमा तल्लो ६७ मिटरको ठाडो सुरुङ ६ महिना अघि छेडिएको थियो । तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम समेत पूरा भएको आयोजनाका रेजिडेन्ट इन्जिनियर प्रदीप नेपालले जानकारी दिए ।

‘आयोजनाको सबैभन्दा जटिल मानिएको दुवै ठाडो सुरुङ छेडेका छौं’ उनले भने ‘तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम पूरा भएकाले अब माथिल्लोमा पनि पेनस्टक पाइपको काम सुरु हुन्छ ।’ आयोजनाको ६५ मिटर ठाडो सुरुङको सर्जसाफ्टको काम पनि अन्तिम चरणमा पुगेको छ । त्यो पनि आउँदो बैशाखसम्म पूरा हुने उनले बताए । सर्जसाफ्ट विद्युत्गृह एक्कासी बन्द गर्दा हेडवक्सको सुरुङबाट आएको पानी निकासका लागि बनाइएको हो ।

हेडरेस सुरुङको प्रगति

४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनामा मुख्य सुरुङ सहित ८३०५ मिटर सुरुङ निर्माण गर्नु पर्ने हुन्छ । त्यस मध्ये मुख्य पानी बग्ने सुरुङ, सार्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङ सहित अब मुख्य सुरुङको काम अहिलेसम्म ६९००  मिटर प्रगति भएको इन्जिनियर नेपालले जानकारी दिए । मुख्य सुरुङको जिरी नगरपालिका वडा नम्बर ८ खण्डमा कमजोर चट्टानका कारण केही ढिला भएको थियो ।

नदी फर्काउनका लागि इन्टेक, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचना धमाधम निर्माणाधिन छन् । आउँदो वर्षात् अघि नै नदी फर्काउने काम पूरा गर्ने गरी काम भइरहेको बताए ।  हेडवक्स क्षेत्रमा वर्षात् अघि ७५ प्रतिशत काम पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । आयोजनाको सिभिल निर्माणको जिम्मा सिभिल निर्माणको जिम्मा हाइ हिमाल कन्ट्रक्सनले गरिरहेको छ । हाइ हिमाल नेपालमा सुरुङ निर्माणमा प्रख्यात नेपाली कम्पनी हो । हाइ हिमालका व्यवस्थापक इन्जिनियर ताराप्रसाद सापकोटाले नेपालमा निर्माण भएका सुरुङ मध्ये १० प्रतिशत हाइ हिमालले नै निर्माण गरेको दाबी गरे ।

आयोजनाको हाइड्रोमेकानिकल पेनस्टक पाइपका लागि पाता ल्याएर साइटमै ल्याएर पाइप बनाएर जडानको काम पनि जारी छ । हेडवक्सका मुहानहरूमा राख्ने गेटहरू पनि ढुवाइ भइसकेको छ ।

अहिले ६० मेगावाटको खिम्ती-१ जलविद्युत् केन्द्रको बाँधभन्दा ३०० मिटर माथि विद्युत्गृह निर्माणको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणपछि उपकरण जडानको काम पनि सुरु भएको छ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्वाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ ।

दोलखाको जिरी नगरपालिका जिरीसिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ जलविद्युत आयोजनाभन्दा ३०० मिटर माथि तामाकोसी गाउँपालिका वडा नं. ७ मा विद्युत गृह बनाइ विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ, विद्युत गृह दोलखाको जिरी नगरपालिका वडा नंं ८, ९ र तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा तयार हुने छ ।

आयोजनाबाट उत्पादित विद्युत् २ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनबाट गर्जाङ–खिम्ती १३२ केभी प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइनका लागि ७ वटा टावर निर्माण हुने छन् । यसका लागि टेण्डरको तयारी भएको कम्पनीका जनसम्पर्क अधिकारीले बताए ।

आयोजनाको सिभिलत र्फबाट हाइ हिमाल कन्ट्रक्सन, हाइड्रोमेकानिकलको ग्लोबल हाइड्रो अष्ट्रिया, र इलेक्ट्रोमेकानिकलको काम क्रिम हाइड्रोले पाइप र सिबीएमल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit