विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रसारण लाइन विस्तार तीव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको ३३ केभी प्रसारण लाइन विस्तार अघि बढाएको हो ।

१०३ किलोमिटर लामाे याे लाइन उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रसारणलाइन सञ्चालनमा छ । प्राधिकरणले मुस्ताङको थासाङ–२ कोवाङसम्म ३३ केभी प्रसारण लाइनको पहुँच पुर्‍याएकाे छ । यसलाई जिल्लाभरी नै केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरी प्राधिकरणले ३३ केभी प्रसारणलाइनको योजना अघि बढाएको हो ।

प्राधिकरणको मापपदण्डअनुसार एक सब–स्टेशनबाट अर्को विद्युत् सब–स्टेशनसम्म विद्युत् प्रसारण गर्न ५० किलोमिटर भन्दा लामाे दूरीकाे हुनु नहुने भए पनि मुस्ताङको कोवाङदेखि कोरला नाकासम्म करिब १५० किलोमिटर दूरीमा ११ केभी सबस्टेसनबाट विद्युत् वितरण गरिएकाे छ । यसैका कारण मुस्ताङ जिल्लामा पटक-पटक विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ ।

हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको प्रसारण लाइन सिधै ११ केभीको हुँदा मुस्ताङका नागरिकले भरपर्दाे विद्युत् आपूर्तिको चरम समस्या झेल्दै आएका छन् । हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द हुन्छ ।

मुस्ताङको विद्युत् प्रसारणलाइनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रसारणलाइनको ठेक्का लगाएको हो । मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई ‘सेसन’मा सबस्टेसन निर्माण गर्ने तयारी छ ।

उक्त प्रसारण लाइन विस्तार गर्न सन् २०२३ को जुलाईमा ‘प्याराडाइज हुलास जेकेबी’ (जेभी) सँग २७ करोड ६५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इञ्जिनियर दीपककुमार मण्डलले बताए । प्राधिकरणले हालको ११ केभी प्रसारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ प्रसारण लाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इञ्जिनियर मण्डलको भनाइ छ ।

ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म प्रसारण लाइन विस्तार पूरा हुने छ । ठेक्कापछि विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पिसिसी खन्ने कामसँगै विद्युत् पोल विस्तार ९५ प्रतिशत काम सम्पन्न गरेको निर्माण कम्पनीले जनाएको छ ।

अबको ६ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रसारण लाइनको तार तान्ने काम तीव्र गतिमा भइरहेको कम्पनीले जनाइएको छ । थासाङ गाउँपालिका–२ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइनको तार तान्ने काम सकिएको छ ।

‘अहिले जोमसोम र ठिनीलगायतका दुई/तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ’, इञ्जिनियर मण्डलले भन्छन्, ‘उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौँं ।’ मुस्ताङको चराङसम्म काम सकिएलगत्तै विद्युत् प्रसारणको परीक्षण स्वरुप प्रसारणलाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना निर्माण कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३