विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्ड नेपालले ठूला लगानीकर्ताहरूलाई लक्षित गर्दै सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन ‘एकद्वार सेवा केन्द्र (वन–स्टप सर्भिस सेन्टर–ओएसएससी) पोर्टल' सञ्चालनमा ल्याएको छ । यो डिजिटल प्लेटफर्मले लगानीकर्ताहरूलाई विभिन्न सरकारी निकायहरूमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै एउटै थलोबाट सबै प्रकारका सार्वजनिक सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार यस प्रणालीमार्फत लगानीकर्ताले कम्पनी दर्ता, स्वीकृति, नवीकरण, र कारोबार अनुमति जस्ता प्रशासनिक सेवाहरू एकै ठाउँबाट सहजै प्राप्त गर्न सक्नेछन् । साथै, परियोजना विकासका लागि आवश्यक उद्योग पूर्वाधारमा सहजीकरण, स्थायी लेखा नम्बर (पान) उपलब्ध गराउने र प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को स्वीकृति तथा लाभांश फिर्ता लैजाने प्रक्रियामा पनि बोर्डले यसै पोर्टल मार्फत सहयोग पुर्‍याउने छ ।

विदेशी लगानीकर्ता र कामदारहरूको लागि भिसा तथा रोजगार अनुमति सिफारिस गर्ने कार्यलाई समेत यसै प्रणालीमा समेटिएको छ । बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को प्रावधान अनुसार विदेशी लगानीका परियोजनाहरूलाई स्वदेशी उद्योग सरह नै समान व्यवहार गरिने स्पष्ट पारेको छ ।

लगानीकर्ताले यो सेवा प्रयोग गरेबापत कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन भने उनीहरूको सम्पूर्ण विवरण र कागजातहरू प्रचलित कानुन बमोजिम गोप्य राखिने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ । नयाँ लगानीकर्ताहरूले प्रणालीमा दर्ता भई ‘नो योर इन्भेस्टर’ (केवाइआई) फारम भरेर सेवा लिन सक्नेछन् । यस क्रममा कुनै प्राविधिक समस्या आए बोर्डको इमेल वा सिधै फोन सम्पर्क गरी सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३