विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकस्थित २२.१४ मेगावाटको बलेफी ‘ए’ जलविद्युत आयोजनाको निर्माण ठप्प भएको छ । बर्खाको बाढीले पहुँच सडक र पुल बगाउँदा मुनलाइट हाइड्रो पावरले कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण डेढ महिनादेखि ठप्प हुन पुगेको हो ।

असार सुरुमा आएको भीषण बाढी र पहिरोले पहुँचमार्ग, पुल बगाउँदा निर्माण पूर्णरूपमा ठप्प भएको आयोजना प्रमुख जितेन श्रेष्ठले बताए । उनका अनुसार बाढीले बगाएको पुलको निर्माण सुरु गरिएको छ । 

‘बाढी र पहिरोले पहुँच सडक बगाउँदा आवश्यक सामान आयात गर्न सकिएन र काम बन्द गर्नुपर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले पहुँच सडक र पुल बनाउन सुरु गरेका छौं । भत्किएका पूर्वाधार पुनर्निर्माण हुन समय लाग्ने हुँदा तल्कालै आयोजनाको निर्माण सुचारु गर्न सक्ने अवस्था छैन ।’

उनले अब बर्खा सकिएपछि दशैंपछिबाट आयोजनाको निर्माण सुचारु हुने पनि उनले बताए । जलविद्युत आयोजनाको निर्माण ५० प्रतिशत बढी सम्पन्न भइसकेको छ । 

आयोजनको बाँध क्षेत्रको निर्माण सम्पन्न भइसकेको छ । पेनस्टक लाइप लाइन बिछ्याउने काम बाँकी छ । ३ किलोमिटर लामो पेनस्टक पाइपलाइनको ६० मिटर पाइप बिछ्याइएको कम्पनीले जनाएको छ । विद्युतगृहको जग खन्ने काम सकिएको छ । 

यो आयोजना २०७३ सालमा १०.६ मेगावाटमा निर्माण सुरु गरिएको थियो । निर्माणाधीन आयोजनाबाट थप विद्युत उत्पादन गर्न सकिने देखिएपछि संरचनाको क्षमता विस्तार गरी २२.१४ मेगावाट बनाइएको कम्पनीले जनाएको छ । 

आयोजनाबाट को २०७७ सालमा नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर,आयोजनाको क्षमता विस्तार भएपछि उत्पादन तालिका २०८० जेठमा सारिएको छ । 

क्षमता विस्तार हुनु अघि आयोजना सम्पन्न गर्न १ अर्ब ७४ करोड रुपैयाँ लागत अुनमान गरिएको थियो । आयोजनामा नेपाल बंगलादेश, नेपाल इन्भेस्टमेन्ट, एनसिसी, बिजनेस युनिभर्सल र इन्फास्ट्रकचर बैंकको एक अर्ब २० करोड रुपैयाँ ऋण लगानी थियो । बाँकी ५४ करोड रुपैयाँ स्वपुजी लगानी थियो । तर, क्षमता विस्तार भएपछि आयाजनाको लागत २ अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत १६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी लामोसाँघु सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit