विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक वर्षको समयावधि (साउनदेखि असार) मा निजी ऊर्जा उत्पादकहरूले ४९१ मेगावाट बढी विद्युत केन्द्रिय प्रणालीमा थप गरेका छन् । गत आर्थिक वर्ष (आव) मा उक्त परिमाणको विद्युत थपिएको हो ।

पछिल्लो दशकमा जलविद्युत तथा सोलार आयाेजना सम्पन्न भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार यो अवधिमा ४९१.२८५ मेगावाटका २७ आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएका छन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ४६२.४८५ मेगावाटका २१ जलविद्युत र २८.८ मेगावाटका ६ सौर्य आयोजनाबाट उत्पादन सुरु भएको छ । निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसीदेखि १ मेगावाट क्षमतासम्मका सौर्य र जलविद्युत आयोजनाको बिजुली प्रणालीमा थपिएका छन् ।

यी आयोजनाको विद्युत प्रणालीमा थपिएसँगै असारसम्ममा नेपालको कुल जडित क्षमता २६८७.२९३ मेगावाट पुगेको छ । यसमा प्राधिकरणको ६६१.३४, प्राधिकरणको सहायक कम्पनीहरूको ४७८.२६ र निजी क्षेत्रको १५४७.८५३ मेगावाट छ ।

यसैगरी,  चालु आव २०८०/८१ मा ७५४ मेगावाट विद्युत प्रणालीमा थपिने सरकारी अनुमान छ । निर्माणाधीन, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाको विद्युत प्रणालीमा थपिने भएको हो ।  निर्माण अन्तिम चरणमा पुगेको ५७.३, मध्यभोटेकोसीको १२०, रसुवागाढीको १११, माथिल्लो चमेलियाकाे ४० मेगावाटलगायतका आयोजनाको विद्युत प्रणालीमा जोडिनेछन् ।

गत आवमा थपिएका आयाेजनाहरू

क्रस प्रवर्द्धक आयाेजना क्षमता कैफियत
अपि पावर कम्पनी लि. सिमरा  साेलार
नेशनल साेलार पावर कम्पनी लि. ग्रिड साेलार साेलार
आशुताेश इनर्जी प्रा.लि चेपे खाेला स्मल ८.५  
दाेर्दी खाेला जलविद्युत कम्पनी लि दाेर्दी १२  
हिमालयन पावर पार्टनर प्रा.लि. दाेर्दी खाेला २७  
नेपाल साेलार फार्म प्रा.लि. साेम राधाकृष्ण साेलार
पिपुल्स पावर लि. पुवा २ ४.९६  
बलेफि हाइड्रो पावर लि. माथिल्लाे बलेफि ए ३६  
स्वेतगंगा हाइड्रो पावर कन्स्ट्रक्सन लि. तल्लाे लिखु २८.१  
१० लिवर्टी हाइड्रो पावर प्रा.लि. माथिल्लाे दाेर्दी ए २५  
११ साइदी पावर कम्पनी साइती खाेला ०.९९९  
१२ मिड साेलु हाइड्रो पावर कम्पनी प्रा.लि मध्य साेलु ९.५  
१३ मिडल माेदी हाइड्रो पावर लि. मिडल माेदी १५.१  
१४ कालंगा हाइड्रो प्रा.लि कालंगागाड १५.३३  
१५ सानीगाड हाइड्रो प्रा.लि माथिल्लाे कालंगागाड ३८.४६  
१६ विकास हाइड्रो पावर कम्पनी प्रा.लि माथिल्लाे माछाखाेला ४.५५  
१७ साहस उर्जा लि साेलु दूधकाेसी ८६  
१८ मेन्छियाम हाइड्रो पावर प्रा.लि माथिल्लाे पिलुवा २ ४.७२  
१९ मकरीगाड हाइड्रो पावर प्रा.लि. मकरीगाड १०  
२० सुपर मादी हाइड्रो पावर प्रा.लि सुपर मादी ४४  
२१ राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रा.लि रुकुमगाड  
२२ जीअाइ साेलार प्रा.लि ग्रिड साेलार ६.८ साेलार
२३ साैर्य विद्युत साेलार पावर प्रा.लि ग्रिड साेलार साेलार
२४ पिवर इनर्जी प्रा.लि साेलार पिभि १० साेलार
२५ पिलुल्स हाइड्रो पावर कम्पनी प्रा.लि सुपर दाेर्दी ख ५४  
२६ बेनी हाइड्रो पावर प्राेजेक्ट प्रा.लि माथिल्लाे साेलु १८.२३६  
२७ माया खाेला हाइड्रो पावर कम्पनी प्रा.लि. माया खाेला १४.९  
    जम्मा ४९१.२८५  

                                                                                           स्राेत: नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit