विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकाका ६४ हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटर आयोजना’ अन्तर्गत महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र्रका ग्राहकको घरमा यति स्मार्ट विद्युत मिटर जडान गरेको हो ।

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा करिब साढे २ महिना काम प्रभावित हुँदा समेत स्मार्ट मिटर जडानको कार्य अन्तिम चरणमा पुग्न लागेको आयोजना प्रमुख रबिन्द्र श्रेष्ठले बताए । ‘आयोजना अन्तर्गत ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्नुपर्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब ३५ हजार घरमा मात्रै जडान गर्न बाँकी छ ।’

उनले अबको २ महिनामा सबै घरमा स्माट मिटर जडान कार्य सम्पन्न गर्ने योजना रहेको पनि उनले बताए । महाराजगन्ज वितरण केन्द्र अन्तर्गत अधिकांश ग्राहकको घरमा स्मार्ट मिटर जडान कार्य सकिएको छ ।

घरधनीहरू नबसेका तथा विदेश गएका घरमा भने जडान गर्न नसकिएको र उनीहरू सम्पर्कमा आएपछि जडान गर्ने गरी अहिलेलाई छोडिएको उनले जानकारी दिए । अहिले रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा धमाधम स्मार्ट मिटर जडान कार्य भइरहेको उनले बताए ।

यस वितरण केन्द्र अन्तर्गत ४६ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान हुँदैछ । अहिलेसम्ममा १८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान भइसकेको उनले बताए ।

अहिले वितरण केन्द्रले हेर्ने नक्साल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा दैनिक ५ सय स्मार्ट मिटर जडान भइरहेको उनले बताए । २८ हजार घरधुरीमा स्मार्ट मिटर जडान गर्न बाँकी छ । 

स्मार्ट मिटर जडान भएका ग्राहकको घरमा प्राधिकरणले एसएमएसमार्फत खपत भएको विद्युतको बिल पठाउने गरेको छ । स्मार्ट मिटर जडानपछि ग्राहक र प्राधिकरणलाई नै फाइदा भएको बताए । स्मार्ट मिटर जडानपछि सो क्षेत्रमा मिटर रिडिङ गर्दा हुने प्राधिकरणको मासिक खर्च कटौती भएको छ ।

स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत जडान कार्य सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ । आयोजनाअन्तर्गत दोस्रो चरणमा काठमाण्डौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit