विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले मनसुन र मौसमी बहाबले जलविद्युत् उत्पादनमा पार्ने प्रभावका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । यसै स्तम्भअन्तर्गत अघिल्लो साता ‘ग्रीन हाइड्रोजनको उत्पादन र फाइदा–बेफाइदा’का विषयमा जानकारी दिने प्रयास गरेका थियौँ ।

मनसुन र खोला–नदीमा हुने मौसमी बहाबले विद्युत् उत्पादनमा कस्तो प्रभाव पार्छन् ? 

उत्तर : मनसुन र खोला–नदीमा देखिने गरेको मौसमी बहाबले विद्युत् उत्पादनमा सकारात्मक तथा नकारात्मक दुवै किसिमका प्रभाव पार्दछन् । जसलाई निम्न अनुसार बुँदागत रूपमा प्रस्ट्याउन सकिन्छ :

१. सकारात्मक प्रभाव

  • पानीको उपलब्धता बढ्ने: मनसुनका वर्षाले नदीहरूमा पानीको सतह धेरै बढाउँछ । बढी पानी उपलब्ध हुँदा जलविद्युत् उत्पादन क्षमता तथा प्लान्ट लोड फ्याक्टरमा वृद्धि हुन्छ ।
  • अधिकतम विद्युत् उत्पादन: मनसुन महिना (जेठ–असोज) मा अधिकांश जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्दछन् । यस अवधिमा नेपालमा सामान्यभन्दा बढी विद्युत् ऊर्जा उत्पादन हुन्छ ।  
  • महँगो ऊर्जा स्रोतको आवश्यकता घट्ने: उच्च जलविद्युत् उत्पादनका कारण महँगा ऊर्जका स्रोतहरूमा निर्भरता कम हुन्छ । जस्तै: डिजेल जनेरेटर, तापीय (हिट) ब्याकअप प्रणाली
  • जलाशय पुनः भरिने: जलाशय तथा आंशिक जलाशय आयोजना मनसुनमा सबैभन्दा बढी लाभान्वित हुन्छन् । भरिएको पानी सुक्खा महिनामा उपयोग गर्न सकिन्छ ।
  • ग्रिड स्थिरतामा सुधार: उच्च उत्पादनका कारण सञ्चालनमा लचिलोपन बढ्छ । जसले गर्दा करेन्टको फ्रिक्वेन्सी स्थिर हुन्छ । विद्युत्को रिजर्भ मार्जिन उपलब्ध हुन्छ र माग चुलिँदा सजिलै पूर्ति गर्न सकिन्छ । 

२. नकारात्मक प्रभाव

  • बाढी तथा अत्यधिक बहाब: नदी तथा खोलामा पानीको बहाब अचानक बढ्दा विभिन्न समस्या देखिन्छ । जस्तै: जलविद्युत् संरचनामा क्षति, विद्युत्‌गृह क्षेत्रमा बाढी आदिको समस्या देखिन्छ ।
  • टर्बाइन बन्द गर्नुपर्ने अवस्था: मनसुनका बेला धेरै रन–अफ–रिभर प्लान्टहरू सिल्टेसन र बाढीका कारण बन्द हुनुपरेका उदाहरण छन् ।
  • अत्यधिक माटो तथा ढुङ्गामाटो: मनसुनमा नदीमा पानीको बहाब बढेर बाढी आउने हुँदा नदी किनारमा पहिरो जान्छ । यसले धेरै परिमाणमा माटो बगाउँछन् । जसले गर्दा टर्बाइन ब्लेड (रनर) को क्षयीकरण, अधिक मर्मतको आवश्यकता, बारम्बार बन्द गर्नुपर्ने अवस्था, सञ्चालन लागतमा वृद्धि जस्ता समस्या देखिन्छन् ।
  • नदी बहाबको अनिश्चितता: आकस्मिक बाढी, पहिरो र ढुङ्गामाटो मिसावटले जोखिम बढाउँछ । मनसुनमा सिँचाइमा हुने परिवर्तनले पनि नदी बहाबको ढाँचामा असर गर्दछ ।
  • प्रसारण र वितरणमा समस्या: भारी वर्षा, चट्याङ, हावा–हुरीका कारण लाइन फल्ट, टावर ढल्ने, विद्युत् कटौती, प्रणाली स्थिरतामा जोखिम जस्ता समस्या आउँछन् ।
  • सुरक्षात्मक जोखिमहरू: मनसुनमा उच्च बहाबका कारण बाँध, इन्टेक तथा नजिक रहेका मजदुरहरूको सुरक्षा जोखिम, गेट सञ्चालनका क्रममा डुबान वा अन्य दुर्घटनाको सम्भावना जस्ता समस्या आउँछन् । 

३. मौसमी प्रभाव (सुक्खा मौसम)

  • पानीको बहाब घट्ने: हिउँद तथा प्रि–मनसुन (पुस–जेठ) महिनामा नदी बहाब अत्यन्त कम हुन्छ । जसका कारण धेरै रन–अफ–रिभर आयोजना २० देखि ३० प्रतिशत मात्र क्षमतामा चल्छन् ।
  • लोडसेडिङको दबाब बढ्ने: सुक्खा समयमा माग–आपूर्ति असन्तुलनका कारण ऊर्जा आयात, लोड व्यवस्थापन, औद्योगिक उपभोक्ता कटौती जस्ता प्रभावहरू पर्न सक्छन् ।
  • आपूर्ति लागत बढ्ने: नदीको बहाब कम हुँदा विद्युत् उत्पादन कम हुन्छ । यसले विद्युत् उत्पादन केन्द्रको आम्दानी कम हुन्छ भने लागत बढ्छ । जसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई समेत  महँगोमा विद्युत् आयात गर्नुपर्ने वा ब्याकअप प्लान्टमा निर्भर रहनु पर्ने हुन्छ ।
  • जलाशय पुनः भरिने गति सुस्त: लामो खडेरीले जलाशय पुनः भरिन निकै समय लाग्छ । यसले बहुवर्षीय जलाशय आयोजना तथा सिँचाइ तालिकामा असर पर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३