images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिनाकुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो ।

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिने बैंकले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने पनि बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लागी निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ । 

बैंकले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने तयारी गरेको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागी कुमारीपाटी, कालीमाटी  र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्तचोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने जनाएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवाप्रदान गर्दै आएकोे छ । बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit