विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्भाइरोमेन्टल पार्टनर्स प्रा.लिले २३० मेगावाटकाे दुई जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनकाे काम डेढ वर्षमा सम्पन्न गर्ने भएकाे छ । रुकुममा पहिचान भएकाे ८० मेगावाटकाे पेल्मा खाेला र १५० मेगावाट सानीभेरी जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन १६ महिनाभित्र तयार गर्ने भएकाे हाे ।

आयोजनाको इआइए प्रतिवेदनका लागि प्रवर्द्धक कम्पनीहरू पेल्मा हाइड्रो पावर प्रालि, पेल्पा हाइड्रो प्रोजेक्ट प्रालि र इन्भारोमेन्टल पार्टनर्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा दुवै प्रवर्द्धक कम्पनीका अध्यक्ष माेहनकुमार डांगी र इन्भाइरोमेन्टल पार्टनर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शंकर बस्यालले हस्ताक्षर गरे । सम्झौताअनुसार इआइए प्रतिवेदनकाे काम १६ महिनाभित्र सम्पन्न गर्नु पर्नेछ ।

पेल्मा हाइड्रो पावरले पेल्मा खोला र पेल्पा हाइड्रो प्रोजेक्ट १५० मेगावाटको सानीभेरी निर्माण गर्नेछ । यो दुवै आयोजना आंशिक जलाशय युक्त हो । आयोजनाको संभाव्यता अध्ययन भइरहेको छ ।

इन्भारोमेन्टल पार्टनर्सले हालसम्म ३० भन्दा बढी जलविद्युत् र प्रसारण लाइनको इआइए प्रतिवेदन तयार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit