विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नौमुरे बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मुल्यांकन अध्ययन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती नदीमा प्रस्तावित ३ जलविद्युत आयोजना र एक सिँचाइ आयोजनाको अध्ययन पूरा भएकाे हो ।

बहुउद्देश्यीय आयोजना अन्तर्गतको २१८.३४ मेगावाटको नौमुरे, ८ मेगावाटको लामाताल र ५४.७ मेगावाटको सुनाईनाका जलविद्युत आयोजना र कपिलवस्तु सिँचाइ आयोजनाको अध्ययन २०७८/७९ भित्र सम्पन्न गरेको विद्युत विकास विभागले जनाएको छ ।

आयोजनाको साईट कार्यालय पनि २०७७ चैतमा नै पुरा गरिएको विभागले जनाएको छ । विभागका अनुसार कार्यालय अर्घाखाचीको शितागंगा नगरपालिका वडा नम्बर ७ लामागाउँमा निर्माण गरिएको हो । यी आयोजनाहरू सम्पन्न गर्न १२५५६४.४३ मिलियन नेपाली रुपैयाँ लागत अनुमान गरिएको छ ।

माडी र झिमरुक नदीको दोभान भन्दा करिब २ किलोमिटर तल राप्ति नदीमा १६९ मिटर अग्लो बाँध बनाई जलाशयमा पानी संचय गरी करिब ६०० मिटर मुनी विद्युतगृह निर्माण गरी २१८.३४ मेगावाट विद्युत उत्पादन गरिनेछ । यो आयोजना सम्पन्न गर्न ९१९२२.९४ मिलियन रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना पूरा भएपछि वार्षिक औसत ८७.४ करोड युनिट विद्युत उत्पादन हुनेछ ।

नौमुरे बाँधबाट करिब ६.५ किलोमिटर मुनि लामाताल गाउँ नजिकै १५.५ मिटर अग्लो ब्यारेज निर्माण गरी ८ मेगावाटको लामाताल जलाशय निर्माण गरिने विभागले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना पूरा भएपछि वार्षिक ३.८ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ४.६ किलोटिर दुरीमा रहेको नौमुरे जलाशय आयोजानको स्विचयार्डमा जोडिनेछ ।

लामाताल जलविद्युतगृहको टेलरेसबाट छोडिएको पानीमध्ये केही पानी करिब १८ किलोमिटर लामो सुरुङमार्फत कपिलवस्तुमा डाइभर्सन गरिनेछ । कपिलवस्तुमा डाईभर्सन गरिएको उक्त पानीबाट सूराईखोला नजिक विद्युतगृह निर्माण गरि ५४.७ मेगावाटको विद्युत उत्पादन गरिनेछ ।

नौमुरे बहुउद्देश्यीय आयोजनाले दाङको १० हजार ८ सय हेक्टर, बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर र कपिलवस्तुको २९ हजार ७ सय ३६ गरी जम्मा ८३ हजार ३ सय २ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit