images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । डोल्पा र पश्चिम रुकुममा पहिचान भएको ३२५ मेगावाटको माथिल्लो भेरी आंशिकजलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढाइएको छ । इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिले काम अगाडि बढाएको छ, जुन कम्पनी व्यवसायी दीपक मलहोत्राको हो ।

कम्पनीका अनुसार आयोजना सम्बन्धमा ७ दिनभित्र आवश्यक जानकारी उपलब्ध गराइदिन स्थानीयलाई आह्वान गरिएको छ । प्रस्तावित उक्त आयोजना कर्णाली प्रदेशको डोल्पा र पश्चिम रुकुममा अवस्थित छ । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ६ र ४ मा रहेको ठूलो भेरी नदीमा आयोजनाको ३५ मिटर अग्लो बाँध निर्माण हुने अध्ययनले पहिचान गरेको छ ।

त्रिपुरासुन्दरी ५, ६ र मुड्केचुला गाउँपालिका १ हुँदै निर्माण हुने १५.३५ किलोमिटर लामो सुरुङमार्फत पानी ल्याएर मुड्केचुला वडा नम्बर १ स्थित जगदुल्ला र ठूलीभेरी नदीहरूको संगममा बन्ने भूमिगत विद्युत्मा खसाली बिजुली निकाल्ने योजना छ ।

विद्युत् विकास विभागको वेबसाइटमा भने यस आयोजनाको क्षमता २८१ मेगावाट उल्लेख गरिएको छ । आयोजना निर्माणको जिम्मा पाएको कम्पनीका अनुसार उत्पादित विद्युत् विद्युत्गृहबाट करिब ५ किलोमिटर दूरीमा निर्माण हुने २२० केभीको जगदुल्ला हब सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक १९६६ गिगावाट घन्टा (१ अर्ब ९६ करोड ६० लाख युनिट) ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit