images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका र माप्य दुधकोसी गाउँपालिमा पहिचान भएकाे २७.९ मेगावाटको मिडिल इन्खु जलविद्युत आयोजना निर्माण गर्नका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने भएको छ । विद्युत विकास विभागले अगाडि बढाएको आयोजना निर्माण सम्पन्न गर्न सो  लगानी अनुमान गरिएको हो ।

विभागले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (एआइए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न ६ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसअनुसार प्रतिमेगावाट लागत १९ करोड ३५ लाख ५० हजार रुपैयाँ लाग्नेछ  ।

विभागले आयोजनाको इआइए प्रतिवेदन तयारी गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । मन्त्रालयले स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । 

पानीमार्ग

आयोजनामा १४२ मिटर लामो हेडरेस पाइप र ४१४६.३५ मिटर लामो हेडरेस सुरङ निर्माण हुनेछ । सुरुङ शेर्पा गाउँदेखि चेपेल गाउँ नजिकैकाे सर्ज साफ्टसम्म निर्माण हुनेछ । यसैगरी, चेपेल गाउँमा ७६० मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ ।

विद्युतगृह

आयोजनाको विद्युतगृह चेपेल गाउँ नजिकै इन्खु खोलाको बायाँ किनारामा निर्माण हुनेछ । विद्युतगृहको लम्बाइ ३५ मिटर, चौडाई १५ मिटर र उचाइ २२३.५ मिटर रहने गरी डिजाइन तयार पारिएको छ ।

आवश्यक जग्गा

आयोजना निर्माणका लागि १७.४१ हेक्टर जग्गा आवश्यक पर्छ । जसमध्ये ११.४१ हेक्टर स्थायी र ६ हेक्टर अस्थायी रुपमा प्रयोग गरिनेछ । राष्ट्रिय वनबाट ८.३८ हेक्टर जग्गा प्रयोग गरिनेछ । ९.०३ हेक्टर निजी जग्गा प्रयोग गर्नुपर्छ ।

प्रसारण लाइन

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत २५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको तिङला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक लाइन प्रवद्र्धक आफैले निर्माण गर्नेछ ।

आवश्यक जनशक्ति

आयोजना निर्माणका लागि ४९७ कामदार आवश्यक पर्नेछ । जसमा २४८ जना दक्ष, ४५ जना अर्धदक्ष र २०४ जना अदक्ष जनशक्ति आवश्यक पर्ने इआइए प्रतिवेदनदे देखाएको छ । आयोजनाको निर्माण अवधिभर प्रवद्र्धक कम्पनीका लाथि ५ जना, निर्माण व्यवसायीका लागि ४८० जना र परामर्शदाताका लागि १२ जना जनशक्ति आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit