विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । यूनिभर्सल पावर कम्पनी लिमिटेडद्धारा सञ्चालित गौरिशंकर गाउँपालिका स्थित तल्लो खारे खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीमाथि स्थानीय अराजक समूहले कुटपिट गरेको छ । यही चैत १४ गते राती अन्दाजी साढे ११ बजे केन्द्रको बाँध क्षेत्रको हाताभित्र प्रवेश गरी कर्मचारीहरूमाथि आक्रमण गरिएको हो ।

रातीको समयमा मोटरसाइकलमा चंखु निवासी भुवन श्रेष्ठ र केही अराजक समूह अनधिकृतरूपमा कार्यालयभित्र प्रवेश गरी कुटपिट गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार कार्यालयमा रहेका कम्प्युटर, सिसिटिभी लगायत भौतिक संरचनामा तोडफोड हुँदा करिब २५ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

श्रेष्ठ लगायतको समूहले आक्रमणबाट बच्न भाग्दै गरेका कर्मचारीहरूलाई लखेट्दा कर्मचारी विनोद महतलाई समातेर हातपात गरी घाइते बनाएको पनि कम्पनीले जनाएको छ । घाइते महतको अहिले उपचार भइरहेको छ । ज्यान मार्ने नियतले आक्रमण गरेको हुँदा उक्त अराजक समूहमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरी कम्पनीले स्थानीय प्रहरी प्रशासनमा उजुरी गरेको छ ।

निर्दोष कर्मचारीमाथि ज्यान मार्ने किसिमले आक्रमण हुँदा कर्मचारीहरु भयभित रहेको र शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा काम गर्ने मनोबल नरहेको आयोजनाका जनसम्पर्क अधिकृत हरि पन्थीले बताए ।

कम्पनीले निर्माणकालदेखि आजसम्म स्थानीय सरोकार समिति र गाउँपालिकासँग समन्वय गरी स्थानीय जनताहरूको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण काम गर्दै आएको छ । स्थानीय तहमा विद्यालय, सिँचाइ, खानेपानी, सडक निर्माण, गुम्बा संरक्षण लगायत कार्यहरूमा आर्थिक सहयोग पुर्याउँदै आएकोमा यस्तो असामाजिक र तोडफोडको कार्य हुनु निन्दनीय रहेको पन्थीको भनाइ छ । कम्पनीले गाउँपालिकासित समन्वय गरी हाल सडक मर्मतको कार्य पनि गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit