विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिरख्वा हाइड्रो पावर लिमिटेडले १८.६५ किलोमिटर लामो प्रसारण लाइनको काम ९ महिनामा सम्पन्न गर्ने भएको छ । कम्पनीले कोशी प्रदेशकाे भोजपुर जिल्लामा अवस्थित माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको ३३ केभी प्रसारण लाइनको काम आगामी माघसम्मा सम्पन्न गर्ने लक्ष्य राखेको हो । 

जिल्लाको षडानन्द नगरपालिकाको वडा नम्बर १ मा अवस्थित माथिल्लो चिरुख्वा खोला जलविद्युत आयोजनाको स्वीच्यार्डदेखि संखुवासभा जिल्लाको खाँदबारी नगरपािलकामा रहेको नेपाल विद्युत प्राधिकरणको तुम्लिङटार सबस्टेसनमा जोड्न १८.७६ किलोमिटर लामो प्रसारण निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार प्रसारण लाइन निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजना निर्माण गरिनेछ । 

विभागले लाइन निर्माण वा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय÷सुझाव पेश गर्न आग्रह गरेको छ । यस प्रसारण लाइनबाट २२.९१ मेगावासम्मको विद्युत प्रवाह गर्न सकिनेछ । 

१८.६५ मिटर लामो प्रसारण लाइनमा ३७६ वटा पोल खडा हुनेछ । टावरको उचाई अधिकतम १३ मिटर तथा पोलहरु बीचको औसत दुरी ५०–६० मिटर हुने अध्ययनले देखाएको छ । यस आयोजनाका लागि करिब ९.२१ मिटर हेक्टर जमिन आवश्य पर्नेछ ।  

आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, बायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit