विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले निर्माण गरिरहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा निर्माणाधीन सौर्य आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

प्लान्टको सबै काम सकेर आगामी बैशाखभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको अपि पावर कम्पनीका संयोजक गुरु प्रसाद न्याउपानेले बताए । उनका अनुसार आयोजनाको ४५० वटा प्यानलहरु जडान गरिनेछ । 

कम्पनीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा २५ वर्षका लागि भाडामा लिएर प्लान्ट निर्माण गरिरहेको छ । आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत ६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिनेछ । 

आयोजना सम्पन्न गर्न ८ करोड ५० लाख रुपैयाँ लागत रुपैयाँ अनुमान गरिएको छ । आयोजनामा बैंक अफ काठमाडौंले ४ करोड रुपैयाँ ऋण  लगानी गरेको छ । बाँकी स्वपुँजी लगानी छ । 

कम्पनीको ८ मेगावाटको परवानीपुर सौर्य आयोजना निर्माणाधीन छ । कम्पनीले यसअघि ४ मेगावाटको चन्द्रनिहापुर र १ मेगवाटको ढल्केबर सौर्य विद्युत आयोजनाको काम सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । चन्द्रनिहापुरको २०७८ भदौ ६ गतेबाट र ढल्केबरको २०७८ पुस १२ गतेदेखि नियमीत विद्युत उत्पादन भइरहेको छ ।

साढे १६ मेगावाटको नौगाड र माथिल्लो नौगाड गरी २ जलविद्युत आयोेजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको कम्पनीले सौर्र्य विद्युत आयोजनामा पनि लगानी बढाउँदै लगेको छ । सुदुरपश्चिम प्रदेशको दार्जुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन छ । आयोजनाको करिब आधा काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit