विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। तनहुँस्थित ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । सोलार फार्म प्रालिले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत मंगलबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

कम्पनीले मंगलबार आयोजना स्थलमा विशेष कार्यक्रम गरी औपचारिक रूपमा विद्युत उत्पादन सुरु गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले स्वीच थिचेर सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन शूभारम्भ गरिन् ।

उत्पादन सुरु भएको मितिले अबको १५ दिनसम्म परीक्षण उत्पादन हुनेछ । परीक्षणको चरण पूरा भएपछि २ सातापछिबाट यो सौर्य विद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गर्नेछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारको मिश्रित ऊर्जाको अवधारण अनुसार व्यापारिक विद्युत उत्पादन गर्ने गरी यो सौर्य विद्युत प्रसारण प्रणालीमा आएको बताइन् । उनले बेलचौतारा व्यापारिक विद्युत उत्पादन गर्न विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पहिलो सौर्य विद्युत आयोजना भएकाले प्रणालीमा आउन बढी समय लागे पनि त्यसपछि आउने आयोजनाका लागि बाटो सहज बनाइदिएको बताइन् ।

प्रत्यक्ष वैदेशिक लगानीमा सौर्य विद्युत आयोजनाको सफल निर्माण गरिएको कम्पनीका अध्यक्ष मोहन गुरुङले बताए । उनका अनुसार पहिलो सौर्य विद्युत आयोजना प्रणालीमा जोडिएकाले अब थप १५ मेगावाटका २ आयोजना अघि बढाउन लागेको हो ।

एउटा आयोजना सकियो,’ उनले भने, ‘अब म्याग्दीमा १२ मेगावाट र तनहुँमै अर्को ३ मेगावाटको सौर्य विद्युत आयोजना बनाउँदैछौं ।’ उनले निर्माण योजनामा रहेका यी २ आयोजना २ वर्षभित्र प्रसारण प्रणालीमा आउने बताए ।

प्रणालीमा जोडिएको सौर्य विद्युत आयोजनामा ७५ प्रतिशत वैदेशिक लगानी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पाण्डेले बताए । उनका अनुसार सौर्य विद्युत आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पहिलो भए पनि, नीतिगत प्रक्रियामा भएको ढिलाई, वैदेशिक लगानीको नीति, कोरोना (कोभिड–१९) महामारी लगायत कारणले बढी समय लागेको हो ।

आयोजनाको ठेकेदार रेनेर्गो डेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निशान्त गोयलले सौर्य विद्युत आयोजनामा विश्वको पछिल्लो प्रविधियुक्त उपकरण जडान गरिएको बताए । उनले यो सौर्य विद्युत आयोजनाको निर्माणले नेपालमा पनि सौर्य विद्युतको सम्भावनालाई पुष्टी गरेको बताए ।

अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (टियूभी राइनल्याण्ड) पूरा गरेर निर्माण भएको पहिलो सौर्य विद्युत आयोजना भएको कम्पनीका नेपाल प्रमुख शुभम गुप्ताले बताए । आफु र आफ्नो कम्पनीले निर्माणको जिम्मेवारी पाउने आयोजनाहरूमा सधै प्रतिबद्ध भएर काम पनि उनले बताए ।

आयोजनाले उत्पादन गरेको विद्युत ५ सय मिटर दुरीमा रहेको खैरेनीटार सबस्टेसनमा जोडिएको छ । प्रवद्र्धक कम्पनीले ४३ करोड रुपैयाँ लागतमा सौर्य विद्युत आयोजना सम्पन्न गरेको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फन्डले लगानी गरेको छ । कुमारी बैंकको पनि लगानी छ । यो नै ऋण लगानी बिना निर्माण भएको देशकै पहिलो सौर्य विद्युत आयोजना पनि हो ।

यो सौर्य विद्युत आयोजनाले वार्षिक ८७ लाख ५ हजार युनिट विद्युत उत्पादन गर्नेछ ।निर्माण ठेक्का पाएको भारतको रेनेर्गो डेभलपर्स कम्पनीले इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसि) मोडलमा यो सौर्य विद्युत आयोजना सम्पन्न गरेको कार्यकारी निर्देशक मयंक रोहिलाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit