विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीमा रोजगारको अवसर खुलेको छ । कम्पनीले लमजुङमा निर्माण सम्पन्न गरी सञ्चालन गरीरहेको ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारी मागेकाे हो ।

अनुगमन विभाग, मर्मत विभाग र सञ्चालकको रिक्त पदपूर्ति गर्न २० जना कर्मचारीका लागि आवेदन खुलाइएको कम्पनीले जनाएको छ । अनुमगमन विभागको रिक्त पदपूर्ति गर्न ३ जना कर्मचारी मागिएकाे छ । यसका लागि कम्तिमा इलेक्ट्रिकल इन्जिनियरमा डिप्लोमा गरेको र सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्यानुभव भएका याेग्य व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यस्तै, अनुगमन विभागकै टिम लिडरको पदपूर्ति गर्न ३ जना कर्मचारी माग गरिएको छ । यसका लागि इलेक्ट्रिकल इन्जिनियरमा स्नातक गरेको र यस क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

मर्मत विभागका लागि मेकानिकल इन्जिनियरमा डिप्लोमा गरेका ५ जनाको लागि आवेदन खुलाइएको छ । यही विभागको टिम लिडरको रिक्त पदपूर्ति गर्न २ जनाको लागि रोजगारी खुलाइएको छ । टिम लिडर पदका लागि मेकानिकल इन्जिनियिरङमा स्नातक गरेको हुनुपर्नेछ ।

विद्युतगृह सञ्चालनका लागि ७ जना कर्मचारी मागिएकाे छ । सञ्चालक पदका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा गरेकाले मात्र आवेदन दिन पाउनेछन् ।

योग्य इच्छुक व्यक्तिले आगामी शुक्रबारभित्र आवेदन दिइसक्नुपर्ने छ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रकाे  प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रकाे प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित आवेदन बुझाउनु पर्नेछ । कम्पनीले लमजुङको भुलभुले गाविसमा निर्माण सम्पन्न गरेको आयोजनाले २०७३ कात्तिक ३० गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit