विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभी खुर्कोट सबस्टेसन चार्ज गरेको छ । सिन्धुली जिल्लाको विद्युत आपुर्ति गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उदेश्यले निर्माण भएको सबस्टेसन मंगलबार (आज) देखि चार्ज भएको हो ।

विश्व बैंकको सहयोगमा ग्रीड सोलार तथा इनर्जी इफीसिएन्सी आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गरिएको सहायक प्रबन्धक प्रकाश रावतले बताए । उनका अनुसार आजदेखि सबस्टेसन नो लोडमा चार्ज गरिएको छ । 

उद्योग र घरयासी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा भोल्टेज र प्रणाली स्तरोन्नति गर्न सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको रावतले जानकारी दिए ।

सबस्टेसन चार्ज भएपछि खुर्कोट आसपासको भोल्टेज सुधार, ट्रिपिङ घट्ने, चुहावट घट्ने साथै विद्युत बिक्री बढ्नेछ । सबस्टेसनमा ३ एमभीएको ट्रान्सर्फमर जडान गरिएको छ । सबस्टेसनमा ३ वटा फिडर निकालिएको छ । यसअघि सिन्धुली सबस्टेसनदेखि विद्युत ल्याएर वितरण भइरहेको थियो । 

आयोजनाको काम २ वर्षअघिदेखि सुरु भएको थियो । आयोजना सम्पन्न गर्न करिब १० करोड रुपैयाँ खर्च भएको छ । सबस्टेसनको काम एटुचेट इन्फ्राइस्ट्रकचर इन्जिनियरीङको  सब कन्ट्रयाक्टर त्रिपुरेश्वर जयदुर्गे इन्जिनियरीङ जेभीले गरेको हो ।

बैंकको सहयोगमा ग्रीड सोलार तथा इनर्जी इफीसिएन्सी आयोजना अन्तर्गत सञ्चालनमा आएको यो तेस्रो सबस्टेसन हो । यो आयोजना अन्तर्गत करिब २१ वटा सबस्टेसन निर्माण हुनेछन् ।

यसअघि कपिलवस्तुको लवानी र गोरुसिङ्गे सबस्टेसन सञ्चालनमा आइसकेको छ । आगामी १५ दिनभित्र रामेछापको दोरम्बा र अर्घाखाचीको हंसपुर सबस्टेसन सञ्चालन गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit