विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । क्रिष्टल पावर डेभलपमेण्ट प्रालीले १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कोशी प्रदेश, ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने तमोर नदीमा आयोजना निर्माण गर्न लागेको हाे ।

कम्पनीले अध्ययन पूरा भएकाे आयोजनाकाे निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विभागले कम्पनीलाई उत्पादन अनुमति दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन  गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरेको छ ।

आयोजनाकाे डिजाइन वहाव २५.५ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ७६९ मिटर रहेको छ । आयोजनबाट वार्षिक सरलर ९८४.१३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको सम्पूर्ण संरचनाहरू तमोर नदीको दाँया किनारामा पर्नेछ । या आयोजनाको हेवक्र्स फक्तालुङ गाउँपालिका वडा नम्बर ७ जोङ्गिममा रहेको छ । 

उत्पादित विद्युतलाई २२० केभीको डबल सर्किट प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकामा अवस्थित २२० केभी को हाङपाङ (ढुङ्गेसाँघु) सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

कम्पनीले आयोजनाको काम २०८५ बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, पहिरो, वायू प्रदुषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit