विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) आगामी ६ महिनाभित्र १३ हजार मेगावाटका विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) हुने आशा व्यक्त गरेको छ । सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने घोषणा गरेसँगै निजी क्षेत्रका ऊर्जा उद्यमीहरूमा उत्साह सञ्चार भएको इपानले जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्तिमार्फत इपानले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची को स्वागत गर्दै विगत ७ वर्षदेखि रोकिएको आयोजनाको पिपिए खोल्ने सरकारको प्रतिबद्धतालाई ऐतिहासिक कदम भनेको छ ।

हाल देशको कुल जडित क्षमता ४ हजार मेगावाट नाघिसकेको छ, जसमा निजी क्षेत्रको हिस्सा ३ हजार ३५० मेगावाटभन्दा बढी रहेको इपानले उल्लेख गरेको छ । निजी क्षेत्रले हालसम्म ऊर्जा क्षेत्रमा १३ खर्ब १० अर्ब रुपैयाँ लगानी गरिसकेको र आगामी १० वर्षमा थप ३० खर्ब लगानी गर्ने लक्ष्य राखेको सन्दर्भमा सरकारको यो तदारुकताले थप ऊर्जा थप्ने विश्वास लिइएको जनाएको छ ।

१८० दिनभित्र थाती रहेका सबै आयोजनाको पिपिए सम्पन्न गर्ने घोषणाले लगानीकर्तालाई ठूलो राहत दिने विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्युत् व्यापार, प्रसारण र वितरण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सहभागी गराउन इपानले माग गर्दै आएकोमा कार्ययोजनाले त्यसलाई सम्बोधन गर्ने इपानले उल्लेख गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार र ऊर्जा निर्यात रणनीतिका लागि तय गरिएको समयसीमाले क्षेत्रगत दक्षता बढाउने इपानको ठहर छ । साथै, जग्गा प्राप्ति, रुख कटान र वातावरणीय प्रभाव मूल्याङ्कनमा हुने प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न ‘एकद्वार प्रणाली’ प्रभावकारी हुने अपेक्षा गरिएको जनाएकाे छ ।

ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि सरकारी, निजी, विदेशी र डायस्पोरा लगानी समेट्ने बहुआयामिक वित्तीय संरचना विकास गर्ने योजनाले लगानी सुरक्षाको प्रत्याभूति गरेको बताएको छ । लक्ष्य पूरा गर्न सरकारसँग पूर्ण सहकार्य र समन्वय गर्न निजी क्षेत्र तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३