विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौंको चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न एक दर्जन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन । सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल (आइबिएन) ले पूर्वयोग्यता छनोटका लागि मागेको प्रस्तावमा चीन, भारत, बंगलादेश, पाकिस्तान र युरोपियनलगायतका कम्पनीले आवेदन दिएका हुन ।

बोर्डले २०७९ माघ २२ गते पूर्व योग्यताका लागि प्रस्ताव माग गरेको थियो । माग बमोजिम १२ कम्पनीले प्रस्ताव पेश गरेका थिए । अहिले प्रस्तावित आवेदनको प्राविधिक मूल्यांकन भइरहेको बोर्डले जनाएको छ ।

मूल्यांकन समितिले ३५ दिनभित्र १२ वटा कम्पनीको प्राविधिक मूल्यांकन सम्पन्न गर्नुपर्ने हुन्छ । सो समितिले प्राविधिक रूपमा योग्य सिफारिस गरेका कम्पनीहरूको आर्थिक मूल्यांकन हुने बोर्डले जनाएको छ ।

चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ । अध्ययन जिम्मेवारी पाउने कम्पनीले सम्झौताको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालनसम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

२७.३० किलोमिटर लामो चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्टयाउने योजना छ । त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्नेछ । सार्वजनिक-निजी-साझेदारी मोडलमा निर्माण हुन लागेको आयोजनाले २७ वटा बस स्टेसन निर्माण गर्नेछ ।

योजना अन्तर्गत चक्रपथमा औसत ७५ विद्युतीय बस सञ्चालन हुनेछन् । त्यसैगरी स्मार्ट कार्ड र सिक्का इन्सर्सन प्रणालीमा आधारित भाडा असुली, प्रकाश, सिग्नल, जीपीएस प्रणाली र टर्मिनल तथा चार्जिङ स्टेसन, फ्लाईओभर र पुल निर्माण गरी सार्वजनिक सवारी साधन चलाउनका लागि निर्माण गरिने योजनाबद्ध पूर्वाधार हुन् ।

बोर्डले यसअघि कात्तिक २० गते पहिलो पटक चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि ठेक्का आह्वान गरेको थियो । सो समयमा १३ वटा कम्पनीले आवेदन दिएका थिए । तर, बोर्डले निकालेको टेन्डर प्रक्रिया नै गलत भएपछि सबै कम्पनीको आवेदन रद्द भएर माघ २२ गते नयाँ ठेक्का खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit