विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुलुकको ९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार २०७७ फागुनसम्म यति जनसंख्यामा राष्ट्रिय प्रसारण प्रणाली तथा वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुर्याइएको हो ।

२०७७ असारसम्म ९० प्रतिशत जनसंख्याले मात्रै विद्युत सेवा लिइरहेकोमा फागुसम्ममा ३ प्रतिशत जनसंख्या थपिएको सर्वेक्षणमा जनाइएको छ । सबैभन्दा बढी पहुँच प्रदेश–२ का जनतामा पुगेको छ भने यो वर्ष पनि सबैभन्दा पछाडि कर्णाली प्रदेश देखिएको छ । 

प्रदेश–२ का ९९.०५ प्रतिशत जनताले विद्युत सेवा पाउँदा कर्णाली प्रदेशमा ३४.७५ प्रतिशत जनताले मात्रै विद्युत उपयोग गरिरहेको सर्वेक्षण रिर्पोटमा उल्लेख छ । यो प्रदेशका ६५.२५ प्रतिशत जनता परम्परागत ऊर्जाको स्रोतमा निर्भर छन् ।

प्रदेश–२ पछि बागमती प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको छ । गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत जनतामा विद्युत पहुँच पुग्दा लुम्बिनीमा ९१ प्रतिशतले विद्युत सेवा पाएका छन् । कर्णालीपछि सूदुरपश्चिम प्रदेश पनि विद्युत पहुँचबाट पछाडि देखिएको छ । 

यो प्रदेशका ६४.६९ प्रतिशत जनताले मात्रै विद्युत उपयोग गर्न पाएका छन् । यो प्रदेशको ३५.३१ प्रतिशत जनता अझै पनि टुकीको उज्यालोमा दैनिकी गुजार्न बाध्य छन् ।

मन्त्रालयको आर्थिक सर्वेक्षण रिर्पोटअनुसार पछिल्लो १ वर्षमा विद्युतीकरण ३ प्रतिशतले मात्रै बढेको देखिन्छ । यो सरकारले निर्धारण गरेको लक्ष्यभन्दा थोरै हो । प्रदेश–२ पूर्ण विद्युतीकरण नजिक पुग्दा अन्य प्रदेशको प्रगति भने सुस्त देखिएकाे छ। 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit