विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सिन्धुपाल्चोकस्थित ३५ मेगावाटको न्यासेम खोला जलविद्युत आयोजनाको प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीको गाडी कब्जा गर्ने विरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । इपानले विज्ञप्ती निकालेर कम्पनीको गाडी लुटिएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कारबाहीको माग गरेको हो ।

जलविद्युत आयोजना स्थलमा विभिन्न माग राखेर कम्पनीको गाडी कब्जामा लिने कार्यले ऊर्जा क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने विज्ञप्तीमा उल्लेख छ । ‘विगतमा पनि जलविद्युत आयोजनालाई लक्षित गरी थुप्रै घटना भइसकेका छन्,’ विज्ञप्तीमा भनिएको छ,‘यस्ता कार्यले ऊर्जा क्षेत्रमा भित्रिने लगानी निरुत्साहित हुने हुँदा सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैन ।’

विगतमा पनि आयोजना स्थलमा हुने विभिन्न खाले घटना निरुत्साहित गर्ने कुनै संयन्त्र नबनेकाले यस्ता घटना पटक–पटक दोहोरिने गरेको विज्ञप्तीमा जनाइएको छ । निजी लगानीमा निर्माण भए पनि उत्पादन अनुमतिपत्रको समय सकिएपछि जलविद्युत आयोजना सरकारको स्वामित्वमा जाने हुँदा सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।

जलविद्युत उत्पादनले देशको अर्थतन्त्रमा टेवा पुग्ने हुँदा यस क्षेत्रको लगानी सुनिश्चित गर्ने जिम्मेवारी सरकारको भएको विज्ञप्तीमा भनिएको छ । ५ जना कर्मचारी बोकेर गत बैशाख ८ गते आयोजना स्थलतर्फ गइरहेको कम्पनीको बा ६ च १३३४ नम्बरको हाइलक्स गाडी ३ वटा मोटर साइकलमा आएको स्थानीय समूहले लुटेको थियो ।

आयोजनामा कार्यरत कर्मचारीलाई ३ किलोमिटर पर लगि छाडिदिएर लुटेरा समूह गाडी लिएर फरार भएको थियो । कम्पनीले गाडी लुट्ने समूह उपर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसहित उजुरी दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit