विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा करिब ३ अर्ब ५८ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैकले साउनदेखि चैत मसान्तसम्मको अवधिमा यति मुनाफा कमाएको हो ।

चालू आबको ९ महिनामा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको बैंकले जनाएको छ । बैंकका अनुसार यो मुनाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो ।

खुद मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । गत आवको यही बेला १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी यो वर्ष २२ रुपैयाँ ५ पैसा कायम भएको छ । 

बैंकको मुनाफा बढेसँगै वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ भएको छ । बैंकले व्यवसायमा गरेको बृद्धि, सञ्चालन खर्चहरुमा अपनाएको मितव्ययिता, डिजिटाइजेशनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता लगायत कारणउल्लेखित वित्तीय प्रगति गर्न सफल भएको हो ।

विगत ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । 

गत आर्थिक वर्षको आसार मसान्तमा १.७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिक सुधार भई १.६१ प्रतिशत पुगेको छ । बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ । 

बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट ग्राहकसमेत प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । साथै नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको पुर्नकर्जाले आफ्ना ग्राहकहरुको व्यापार व्यवसायमा थप सघाउ पु¥याउन सकेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदैआइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit