विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा ‘सेवा करार’मा कार्यरत कर्मचारीहरूले आफूहरूलाई न्यूनतम सेवा–सुविधासमेत नदिएर विभेद गरिएको गुनासो गरेका छन् । कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिमार्फत सेवा करारमा कार्यरत विना खड्का, लक्ष्मण भुसाल, सुरेश तामाङ, वीर तिरुवालगायत कर्मचारीले यस्तो गुनासो गर्दै आफूहरूले न्याय पाउनुपर्ने माग गरेका हुन् ।

करार सेवा सम्झौताबमोजिम २०७४ सालदेखि प्राधिकरणमा कार्यरत उनीहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । त्यस्तै, सार्वजनिक बिदाका दिन काम लगाएर पारिश्रमिक नदिएको, बिरामी भएर बस्दा तलब काटिदिने गरिएको, समयमा तलब नपाएको, तलब माग्दा जागिर छोड्न धम्की दिने गरिएको, नो–लाइटको ड्युटीमा खटिँदा बिदा नदिने गरिएको उनीहरूको आरोप छ ।

कर्मचारीको तलब, भत्ता, सुविधा, बिदा, औषधि उपचार खर्च, तलब वृद्धि, जीवन बिमालगायतका सुविधाबारे बुझ्न करार सेवा सम्झौता पत्र देखाउन पटकपटक माग गर्दासमेत आफूहरूलाई त्यसबारे कुनै पनि जानकारी नदिइएको उनीहरूको भनाइ छ । आफ्ना मागबारे सेवा प्रदायक कम्पनी र प्राधिकरण दुवैले एक–अर्कालाई देखाएर पन्छिने गरेको समेत उनीहरूले जानकारी गराएका छन् ।

आफूहरूलाई ज्यालादारीमा राख्नुपर्ने, वार्षिक उत्सव भत्ता करार कर्मचारीलाई समेत उपलब्ध गराउनुपर्ने, कर्मचारीको तह अनुसार करार कर्मचारीलाई समेत समान तलब सुविधा दिनुपर्ने, कार्यालयमा हुने विभेद अन्त्य गर्नुपर्ने, बिदाको दिन काम लगाउँदा अतिरिक्त पारिश्रमिक (ओभर टाइम) दिनुपर्ने माग उनीहरूको माग छ ।

यसबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको समेत ध्यानाकर्षण गराउने तयारी भइरहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३