विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि २ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै वैकल्पिक ऊर्जाको प्रवर्द्धनका लागि बजेट विनियोजनको घोषणा गरेका हुन् ।

याे बजेट ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कार्यान्वयन हुनेछ । वैकल्पिक  वैकल्पिक ऊर्जाको प्रवर्द्धनका लागि विनियोजन गरिएको बजेटमार्फत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका ५० हजार घरधुरीमा लघु तथा साना जलविद्युत, सौर्य र वायु ऊर्जाका स्रोतबाट विद्युत पुर्याउने पौडेलले बताए ।

स्थानीय तहका साथै सामुदायिक संस्थाले सौर्य तथा लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन एवं वितरण गरेमा कूल लागतको ९० प्रतिशतसम्म अनुदान दिइने घोषणा बजेटले गरेको छ ।

निजी क्षेत्रले उत्पादन गर्ने सौर्य विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने र सौर्य विद्युत आयोजनाको स्वीचयार्डसम्म प्रसारण लाइन विस्तारको व्यवस्था मिलाइने पनि अर्थमन्त्री पौडेलको बजेट भाषणमा भनिएको छ ।

यसबाट विद्युत पहुँच नपुगेका २ सय ५० स्थानीय तहमा सौर्य ऊर्जाबाट ३ सय ७५ मेगावाट विद्युत उत्पादन गर्न सकिने बजेटमा उल्लेख गरिएको छ । स्थानीय क्षेत्रको विद्युतकरणका लागि निर्माण हुने सौर्य ऊर्जा प्रविधि जडान गर्दाको लागत रकम सम्बन्धित स्थानीय तहमा पठाइने भनिएको छ ।

यस्तै, ठूला वायोग्यास प्लान्ट निर्माण गरी ग्यास तथा प्रांगारिक मल उत्पादन गर्न सम्बन्धित स्थानीय तहलाई वित्तीय अनुदान दिने व्यवस्था पनि बजेटमा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit