विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) को फागुनसम्म करिब १२ हजार घरेलु सौर्य विद्युत प्रणाली जडान गरिएकाे छ । अर्थ मन्त्रालयले सार्वजानिक गरेको आर्थिक सर्वेक्षण (२०७८/७९) मा उक्त तथ्याङ्क उल्लेख गरिएको हो ।

आर्थिक सर्वेक्षणका अनुसार फागुनसम्म ११ हजार ९ सय ५६ वटा सौर्य घरेलु विद्युत जडान गरिएको छ । गत वर्ष (२०७७/७८) मा भने १२ हजार ५ सय ६७ सौर्य विद्युत प्रणाली जडान भएको थियो । साथै, उक्त आर्थिक वर्षमा १३ हजार ४ सय ५५ वटा सुधारिएको चुल्हो पनि जडान गरिएको थियो ।

यस्तै, चालू आर्थिक वर्षको फागुनसम्म १ हजार ७ सय ३३ वायोग्यास प्लान्ट जडान भएका छन्, जबकि, आव (२०७७/७८) मा भने ३ हजार ९ सय ७५ रहेको छ । गत वर्षको तुलनामा वायोग्यास प्लान्टको जडान घटेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत आयोजनाबाट आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ३९८ किलोवाटको विद्युत उत्पदन भएको छ । गत वर्षको तुलनामा विद्युत उत्पादन घटेको देखिएको छ । आथिर्क वर्ष २०७७/७८ मा ९५५ किलोवाट विद्युत उत्पादन भएको थियो । 

यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा सौर्य तथा वायु ऊर्जाबाट २८४ किलोवाट विद्युत उत्पादन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्ममा भने २०० किलोवाट मात्र विद्युत उत्पादन भएको छ । २०७८ फागुनसम्म नवीकरणीय ऊर्जा कार्यक्रमबाट प्रत्यक्ष÷अप्रत्यक्ष गरी ४० हजार रोजगारी सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit