images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जी प्रा.लि.ले निर्माण सम्पन्न गरेकाे १० मेगावाटकाे साैर्य आयोजनाले ८ लाख युनिट विद्युत् उत्पादन गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले परीक्षण पूरा गरी उत्पादन सुरु गरेको हो ।

निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा आयोजनाले उत्पादन थालेको ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत् उत्पादन गरेको इनर्जीका सञ्चालक सुवास भट्टराईले बताए । उनका अनुसार आयोजनाबाट हाल ६ मेगावाट मात्र बिजुली उत्पादन भइरहेकाे छ ।

कोशी प्रदेशको ठूलो मानिएको उक्त साैर्य परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ १३ गते उद्घाटन गरेका थिए । परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।

हालसम्म परियोजनामा करिब ८७ करोड रुपैयाँ खर्च भएको भट्टराईले बताए । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँवाले बताए ।

परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद बिक्री (पिपिए)का सम्झौता भएको थियो । उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट ७.३० रुपैयाँ कायम गरिएको छ ।

मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । 

नेपाल विद्युत् प्राधिकरण दमकका प्रमुख परितोश चौधरीले परियोजनाबाट हाल ६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए । उनले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit