विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७८ सालको पुस र माघ महिनामा नेपाल विद्युत प्राधिकरणका २७ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उमेर हद तथा सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा १ देखि ११ तहसम्मका कर्मचारीले सेवाबाट अवकास पाउन लागेका हुन् ।

पुसमा १४ र माघमा १३ कर्मचारीले सेवाबाट अनिवार्य अवकास पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कार्यालय सहयोगिदेखि निर्देशकसम्मका अनिवार्य अवकास पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

सेवाबाट अनिवार्य अवकास पाउनेमा संस्थागत वित्तीय विभागमा कार्यरत ११ तहका निर्देशक डिल्लीरमण दाहाल रहेका छन् । दाहालले शैक्षिक प्रमाणपत्रका आधारमा पुस १७ गते अवकास पाउँदै छन् ।

यस्तै, विद्युत व्यापार विभागमा कार्यरत ११ तहकै निर्देशक प्रबल अधिकारीले  पनि सिट रोलका आधारमा पुस १४ गतेदेखि सेवाबाट अनिवार्य अवकास हुँदैछन्। रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ८ तहका सहायक प्रबन्धक हर्षबहादुर श्रेष्ठले शैक्षिक प्रमाणपत्रका आधारमा पुस २७ गते अवकास पाउँदैछन् ।

यस्तै, ७ तहका चन्दकुमार मैनालीले नागरिकताका आधारमा, ६ तहका क्षेत्र बहादुर जिटी र अर्जुन कुमार योञ्जनले शैक्षिक प्रमाणपत्रका आधारमा तथा ५ तहका सहदेव सन्जेलले सिट रोलका आधारमा सेवाबाट अवकास पाउँदैछन् ।

यसैगरी, ४ तहका इव्ने साउद मुसलमान, रिता न्यौपाने, कृष्णचन्द्र प्याकुरेल र ३ तहका भक्तबहादुर खाम्चा, २ तहका रामसिंह धामी, १ तहका कुविजा न्यौपाने र कमल पाण्डेले पुसमा अनिवार्य अवकास पाउँदै छन् ।

माघ महिनामा अवकास पाउनेमा तालिम केन्द्रमा कार्यरत ६ तहका सहायक इन्जिनियर दिपकराज पाण्डे रहेका छन् । पाण्डे शैक्षिक प्रमाणपत्रका आधारमा माघदेखि २२ गते सेवाबाट अवकास हुँदैछन् ।

५ तहका पुण्य प्रसाद निरौला, चिन्तामणी पौडेल, मान बहादुर कार्की पनि शैक्षिक प्रमाणपत्रका आधारमा अवकास हुँदैछन् । ४ तहका दयाबहादुर खड्की, जिवनाथ कडेल, सोमबहादुर घिसिङ, ३ तहका सिता मिश्र, रामवावु भट्टराई, शंखलाल वाटाले सेवाबाट अनिवार्य अवकास पाउँदैछन् ।

२ तहका लक्ष्मीनारायण सुवाल, दिनेश मण्डल र १ तहका भदुवा थारुले पनि शैक्षिक प्रमाणपत्रका आधारमा सेवाबाट अनिवार्य अवकास पाउँदै छन् । प्राधिकरणले विभिन्न कार्यालयमा कार्यरत अवकास हुने कर्मचारीको नामवली ६ महिना अघि नै सार्वजनिक गर्ने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit