विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्ष २०७७/७८ मा साढे २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको जानकारी दिएको छ । मन्त्रालयमा आइतबार (भदौ १२ गते) भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले हालसम्म १५ लाख ३१ हजार ६९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको जानकारी दिएका हुन् ।

गतवर्ष मात्र २१ हजार ६ सय ४२ हेक्टर जमिनमा सिँचाइ सविधा पुर्याइएको भेटुवालले बताए । उनका अनुसार यो अवधिमा करिब ८० किलोमिटर तटबन्ध निर्माण गरी १२८८ किलोमिटर पुगी बाढी नियन्त्रण भएको छ ।

यस्तै, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणका लागि टनकपुर बाँधबाट पानी प्राप्त गर्न सुरु भएको छ । बागमती सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र सुधार र विस्तार गरी १ लाख २२ हजार हेक्टरजमिनमा सिँचाइ सुविधा पुर्याउन आवश्यक अध्ययनका लागि सम्झौता भई कार्यान्वयन सुरु भएको पनि भेटुवालले बताए । 

भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको क्रमागत सिभिल निर्माण कार्यको संचालन, हाइड्रोमेकानिकल कार्यको खरिद सम्झौता सम्पन्न भई निर्माण व्यवसायी परिचालित र इलेक्ट्रोमेकानिकल कार्यको खरिद प्रकृया अन्तिम चरणमा पुगेको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाका विश्व बैंकतर्फ ३ वटै प्रणालीहरूको आधुनिकिकरणका कार्यका साथै ४.७ मेगावाट विद्युत उत्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको टनेल निर्माण कार्य लक्षित समयमा सम्पन्न हुनेगरी काम भइरहेको, सिभिल र हाइड्रोमेकानिकल कार्यको डिजाइन तथा लागत अनुमान तयारी गर्ने कार्य सम्पन्न भएको छ ।  झापा, सर्लाही र रौतहटम ७ हजार हेक्टरमा वर्षैभरी सिँचाइ सुविधा दिने दुई भूमिगत जल सिँचाइका आयोजनाको स्वीकृती भइ कार्यान्वयन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit