विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन पावर पार्टनर लिमिटेले १७ दिनमा साढे १ करोड रुपैयाँ बराबरको बिजुली बेचेको छ । कम्पनीले २०७९ असोज १४ गतेदेखि ३१ गतेसम्मको अवधिमा सो रकमको विजुली बेचेको हो । 

कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को  वित्तीय विवरण अनुसार १७ दिनमा विद्युत बिक्रीबाट १ करोड ३४ लाख ५५ हजार २८ रुपैयाँ आम्दानी गरेको हो । विवरण अनुसार अहिले कम्पनी करिब १ करोड ९० लाख रुपैयाँ घाटामा देखिएको छ । 

कम्पनीले लमजुङमा निर्माण सम्पन्न गरेको आयोजनाले गत असोज १४ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले आयोजनाको काम करिब ६ वर्षमा सम्पन्न गरेको थियो । 

वि.सं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५  भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर  चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको कम्पनीले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो । प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण पूरा नगर्दा विद्युत उत्पादनमा समय लागेको थियो ।

आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदै गएकाले अहिले करिब ५ अर्ब रुपैयाँमा पूरा भएको जनाइएको छ । आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पीपीए (विद्युत खरिद सम्झौता) भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा विद्युत खरिद गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit