विद्युत अपडेट

  • प्राधिकरण : ६००३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१३५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९२४८ मे.वा.घन्टा
  • आयात : १०२३४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ९५० मे.वा.घन्टा
  • ऊर्जा माग : २९५७१ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६८३ मे.वा.
२०७९ माघ १४, शनिवार
×
जलविद्युत जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऊर्जा क्षेत्रमा लगानी गर्न जारी गरेको ‘ऊर्जा ऋणपत्र’ मा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले मंसिर २९ गतेदेखि जारी गरेकाे ७ वर्षका लागि ५ अर्ब रुपैयाँ बराबरको ‘ऊर्जा ऋणपत्र’ काे आवेदन अवधि आज साँझबाट सकिन लागेकाे हाे । 

बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऊर्जा ऋणपत्र जारी गरेको छ । बैंकका अनुसार ३ लाख कित्ता निजी तबरबाट बिक्री हुनेछ भने २ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । इच्छुकले न्यूनत्तम २५ देखि अधिकत्तम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले  ७ प्रतिशत ब्यान प्रदान गर्नेछ । ऋणपत्र निष्कासनको लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

नेपाल राष्ट्र बैंककले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंकले ऊर्जा ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएको छ । बैंकले स्थापनाको छाटो अवधिमा २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit