विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले मिथिला चित्र अंकित क्यालेण्डर आइतबार सार्वजनिक गरेको हो । 

आइतबार एक कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले क्यालेण्डर सार्वजनिक गरेका हुन् । बैंकले वर्षेनि सार्वजनिक गर्दै आएको क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिदै आएको छ । 

२०७८ को क्यालेण्डरमा पनि  नेपालमा रहेका विभिन्न जातजातीका गरगहना र पहिरनलाई समावेश गरेको थियो । आउदै गरेको नयाँ वर्ष २०७९ का लागि पनि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई क्यालेन्डर देखाइएको छ । 

नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकलाको बारेमा झल्काउदा कलाकारको सम्मानमा योगदान पुग्ने ढकालले बताए । उनका अनुसार मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउन यो अभियान गरिएको हो । स्थापनाकालदेखि नै सक्रिय रहेको र आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने उनले बताए । 

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारिएको मिथिला संस्कृति चित्रकलालाई क्यालेण्डरमा समावेश गरिएको बैंकका प्रमुख कर्मचारी अधिकृत रत्नराज बज्राचार्यले बताए । उनका अनुसार मिथिला कला तराईका वासिन्दाहरुको सांस्कृतिक स्वरुप हो । कलालाई  क्यालेण्डरमार्फत मुलुकभर फैलाउने र  कलाकारको योगदानलाई सम्मान गर्ने प्रयास गरिएको बज्रचार्यले बताए ।

‘छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो’, उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवद्र्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने अपेक्षा छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit