विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । संखुवासभामा निर्माण सम्पन्न १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको उपकरणहरूको परीक्षण (ड्राइ टेष्ट) पूरा भएको छ । मायाखोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाको आन्तरिक परीक्षण सम्पन्न भएको हो ।

आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि जडान भएका हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण ठिक छ की छैन् भनेर परीक्षण गरिएको आयोजना संयाेजक भरत थापाले बताए । उनका अनुसार आयोजनाको सबै संरचनाको काम पूरा गरी परीक्षण गरिएको हो ।

‘आयोजनाको आन्तरिक परीक्षण पूरा गरेर प्रतिवेदन नेपाल विद्युत प्राधिकरणमा पठाएका छौं,’ उनले ऊर्जाखबरसँग भने, ‘प्राधिकरणको प्राविधिक टोली आएर परीक्षण गरेपश्चात उत्पादन परीक्षण सुरु हुनेछ ।’

आयोजनाको निर्माण सम्पन्न गरी २०७८ असारदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना महामारीको दोस्रो लहरमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित भएपछि निर्माण प्रभावित हुँदा विद्युत उत्पादन हुने तालिका सरेको हो ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३