विद्युत अपडेट

  • प्राधिकरण : ९८११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५८५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१९८ मे.वा.घन्टा
  • आयात : ९८२ मे.वा.घन्टा
  • निर्यात : १८८३१ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८८९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३१३० मे.वा.
२०८३ असार १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संखुवासभामा ९.१५ मेगावाटको ‘इसुवा आंशिक–जलाशय क्यासकेड–२  जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक विष्ट इनर्जी हाउस प्रालिले विद्युत् उत्पादन अनुमति पत्र (लाइसेन्स) माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो । आयोजनाले ४०.१ मेगावाटको इसुवा खोला पिआरओआर क्यास्केड आयोजनाको टेलरेसबाट निस्कने पानीलाई पुनः प्रयोग गरी विद्युत् उत्पादन योजना बनाएको छ ।

प्रवर्द्धक कम्पनका अनुसार आयोजना संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर १, ५, ६ र चिचिला गाउँपालिका–३ मा पर्ने अरुण नदी र इसुवा खोलाको दायाँ किनारमा अवस्थित रहनेछ । आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन  र प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मिति २०८२ चैत २७ गते स्वीकृत भइसकेको छ । यस आयोजनाबाट वार्षिक ६७.६१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

आयोजनाका मुख्य संरचनाहरू अन्तर्गत २८ मिटर लामो हेडरेस पाइप, १२२ मिटर लामो स्टिल पेनस्टक पाइप र अरुण नदीको दायाँ किनारमा सतहमा रहने विद्युत्‌गृह निर्माण गरिनेछ, जसमा २ वटा फ्रान्सिस टर्बाइन रहनेछन् । आयोजनाले उत्पादन गर्ने बिजुली करिब १४ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सब–स्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०८५ सालको चैतभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३