images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र भारत उत्तर प्रदेश जोड्ने १३२ केभी मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माणको काम ठप्प भएको छ । सरकारको जग्गा प्लटिङ गर्ने नयाँ भूमि निर्देशनले गर्दा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको लाइनको काम हुन नसकेको हो ।

सरकारले प्लटिङ गर्ने निर्देशनले गर्दा मुआब्जा र क्षतिपूर्ति दिन नपाएको कारण लाइनको तार तान्ने काम ठप्प भएको आयोजना प्रमुख हरि पाण्डेले बताए । उनका अनुसार प्लटिङ नहुँदा लाइनको काम अघि बढ्न सकेको छैन् ।

‘मालपोत कार्यालयले जग्गा आयोजनाको नाममा आधिकारीक रुपमा दर्ता गरेपछि मात्र काम गर्न सक्छौ’, उनले भने, ‘तर प्लटिङको अभावले त्यो प्रक्रियानै अवरोध भएको छ ।’ मालपोत कार्यालयले कृषि र गैरकृषिमा वर्गीकरण हुनु पर्ने व्यवस्था गरेको छ ।

आयातित विद्युतलाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत भित्र्याउने उदेश्यले निर्मित लाइनको काम ९० प्रतिशत सकिएको पनि पाण्डेले बताए । रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको काम सकिन लागेको थियो ।

लाइनको ९६ वटा टावरमध्ये ९१ वटा टावर खडा भइसकेको छ । ५ वटा टावरको काम बाँकी छ । यस्तै, तार तान्ने काम ५ किलोमिटर मात्र सकिएको छ ।

स्थानीयले अवरोध नगरी काम गर्न दिएमा ३ महिनाभित्र सकिने पनि पाण्डेले बताए । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउन १३२ केभी लाइन निर्माण भइरहेको हो । 

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ । मैनहिया सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिनेछ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।

यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू–नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit