images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाले निर्माण पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गर्न दरखास्ता आह्वान गरेको छ । प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले बुधबार दरखास्त आह्वान गरेको हो ।

ठेकेदार कम्पनी,परामर्शदातालगायतलाई पर्यवेक्षण गर्न निर्माण पर्यवेक्षण नियुक्त गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुकले आगामी १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नियुक्ति भई आउने परामर्शदाताले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को समीक्षा, पुनःमूल्यांकन र आवश्यक परे संशोधन, टेण्डर डकुमेन्ट तयार गर्ने, सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो–मेकानिकल, प्रसारण लाइन तथा सवस्टेशन लगायत सम्पूर्ण निर्माण कार्यको रेखदेख (सुपरभिजन) गर्नुपर्नेछ ।

आयोजनाको पूर्वतयारीको काम सकेर आगामी वर्षबाट निर्माण कार्य सुरु गर्ने कम्पनीकाे योजना छ । आयोजनाको साइटमा क्याम्प निर्माण पुरा भएको छ । अहिले टेष्ट टनेल खन्ने काम चलिरहेको छ ।

विस्तृत अध्ययन सकेर वातावरणीय प्रभाव मूल्याङकन (इआईए) रिपोर्टको पनि अन्तिम चरणको काम भइरहेको कम्पनीले जनाएको छ । ५ वर्षमा निर्माण सक्ने उद्देश्य रहेको यो आयोजना निर्माणका लागि ८८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २४०६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit